नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक भएको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्कनुभयो ।
जिल्ला प्रहरी कार्यालयलाई बालबालिका रमाउने खेलौना सामग्री सहयोग गरिएको छ । पहाडी क्षेत्र विकास अभियान सेभ द चिल्ड्रेनको सहयोगमा सो सामग्री सहयोग गरिएको हो ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ । केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवद्र्धन गर्ने अपेक्षा लिइएकोे छ ।
गुल्मीको मुसिकोट नगरपालिका–७ वामी बजारमा बिष्णुमति श्रेष्टले झिलिङ्गाको व्यवसायीक उत्पादन थालेका डेढ दशक बित्यो । उहाँले आमा चम्पादेविसँगै झिलिङ्गा बनाउनुहुन्थ्यो । अहिले बिष्णुमतिकोमा आफु बाहेक तीन जना झिलिङ्गाको काम गर्ने मान्छे छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-१, यान्चोकमा महिलाहरुको सयपत्री फूलखेतीमार्फत आफ्नो आयस्तर परिवर्तन गर्न सफल भएका छन् । यहाँका ४५ महिलाले तीन वर्षदेखि सङ्गठित रूपमा फूल उत्पादन गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनेका हुन् ।
सर्लाही प्रहरीले १९ वर्षअघि भएको हत्या र लुटपाटको घटनामा संलग्न एक अभियुक्तलाई अहिले बल्ल पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले नेपाल सरकारको निर्णय कार्यान्वयन गर्दै करिब एक सय जना करार र अस्थायी कर्मचारीको सेवा सम्झौता रद्द गरेपछि गाउँपालिकाको सेवा प्रवाहमा कठिनाई भएको जानकारी गराएको छ ।
दसैँपछिको दोस्रो ठुलो चाड तिहार हो । यो पर्व हर्षोल्लासपूर्वक पाँच दिनसम्म मनाइन्छ । तिहारलाई पौराणिक ग्रन्थ र धर्मशास्त्रमा यमपञ्चक भनिएको छ । यो कार्तिक कृष्ण त्रयोदशीका दिन यमदीपदानबाट सुरु भई कार्तिक शुक्ल द्वितीयामा भ्रातृपूजन गरेर सकिन्छ । भाइटीकालाई शास्त्रहरूमा भ्रातृद्वितीया वा यमद्वितीया पनि भनिएको छ । यी पाँच दिन मृत्युका देवता यमराज बहिनी यमुनाकहाँ गएर बसेको र अन्तिम दिन यम
नेपालमा सामन्ती युग अन्त्य भएर पुँजीवादी लोकतान्त्रिक युग सङ्क्रमणमा छ । सुरुको चरणमा समाजवाद उन्मुख पुँजीवाद निर्माण गर्दै समाजवादका विशेषता बारे छलफल आवश्यक छ । नेपाली मोडलको समाजवाद के हो, समाजवाद र पुँजीवादको के भिन्नता छ, पुँजीवाद र साम्यवा
तिहार आउँदै गर्दा नेपाल सारा सुनौला देखिएको हुन्छ । कात्तिक मासको गाउँघरको आँगन टालटुल, लिपपोत गरी सर्लक्क पारिएको हुन्छ । आँगनको डिलवरिपरि तलमाथि सयपत्री गोदावरी मखमली तिहारे फूलहरूको उत्कर्षको फुलाइका साथ मगमग बास्ना छरिरहेका हुन्छन् ।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनमा नेपालमा वार्षिक आठ हजार पाँच सय जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको उल्लेख छ । दैनिक औसत कम्तीमा १२ जनाले यात्राको दौरान ज्यान गुमाउने गरेका छन् । कम्तीमा दुई सय घाइते बनाएर देशको अर्थतन्त्रमा करिब तीन प्रतिशतसम्म क्षति भइरहेको छ ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।