तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ ।
मानसरोवर कैलाश यात्रा गर्ने सिजनमा हुम्लाका होटेल व्यवसायीले झन्डै सात करोड रुपियाँको कारोबार गरेका छन् । साढे पाँच महिनाको पर्यटकीय सिजनमा सदरमुकाम सिमकोट र हिल्साका होटेल व्यवसायीले सो कारोबार गरका हुन् ।
हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी ९खोप० खुवाइएको छ ।
चालु आर्थिक बर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ ।
विसं २०७४ फागुन ६ गते कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने घोषणा ग¥यो । त्यसले उच्च आशा त जगायो तर सात वर्षपछि पनि त्यसको परिणाम भने निराशाजनक छ । प्रदेशको प्राकृतिक भूपरिवेश, माटो र परम्परागत खेती प्रणालीले कर्णालीलाई अर्गानिक उत्पादनको केन्द्र बन्ने अवसर दिएको छ । व्यवहारमा भने रासायनिक मल र विषादीको बढ्दो प्रयोगले यो पहिचान धमिल्याइरहेको छ । सरकारी संयन्त्र स्वयम् रासायनिक विषादी सिफारिस गर्न बाध्य छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
तिहारको भाइटीकाका दिनबाहेक तिहार बिदाभर मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक सबै बैङ्क तथा वित्तीय संस्था खुला रहने भएका छन् । नेपाल राष्ट्र बैङ्कले तिहारको भाइटीकाका दिनबाहेक तिहार बिदाभर सबै बैङ्क तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै तिहारभर बैङ्क खुला राख्न निर्देशन दिएको हो ।
असोज १८ गतेदेखिको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्ममा तीन अर्ब २६ करोड ७६ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शुल्क स्वीकृत गराएर मात्र लागु गराउन इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको छ । इन्टरनेट सेवाप्रदायकहरूले मनोमानी ढङ्गले शुल्क तोकेको गुनासो बढेपछि प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को व्यवस्थाबमोजिम यस्तो शुल्क स्वीकृत गराउन सचेत गराएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गर्नुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समग्र शान्ति सुरक्षा सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिने बताउनुभएको छ ।
काठमाडौँ जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणको भवनबाट अदालतको सेवा प्रवाह गर्ने भएको छ । गत भदौ २४ गतेको जेनजी ओन्दोलनका क्रममा बबरमहलस्थित अदालतको भवनमा आगजनी, तोडफोड भएपछि तत्कालका लागि प्राधिकरणको प्रधान कार्यालयको एनेक्स भवन जिल्ला अदालतले प्रयोग गर्ने भएको हो । गत बिहीबार प्राधिकरण सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँग भएको संयुक्त छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले अदालतको क्षतिग्रस्त भवनको विकल्पमा प्राधिकरणको भवन प्रयोगमा ल्याएर अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन दिनुभएको थियो ।
सरकारले नर्सहरूका माग पूरा गराउन सातवटै प्रदेशमा कार्यदल गठन गर्ने र तिहार बिदामा पनि काम गर्ने नर्सहरुको पारिश्रमिकका लागि संघर्षरत कर्मचारीहरुको समस्याको सम्बोधन गर्ने निर्णय गरेको छ।