कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) स्थापना भएको छ । अस्पतालमा भर्ना भएका बिरामीले रगत लिनकै लागि अस्पतालबाहिर जानु नपर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार रुपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्तसञ्चार केन्द्रको उदघाटन गर्नभयो ।
जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित फुलचौल्यामा पर्यटकका लागि सुविधा सम्पन्न धर्मधाला निर्माण गरिएको छ । गिडिदहलाई थप पर्यटक प्रवर्धन गर्न पर्यटन मैत्री धर्मशाला निर्माण गरिएको हो ।
स्याङ्जाको कालीगण्डकीस्थित कारिकोट र गुल्मीको रुरु गाउँपालिका जोड्ने कालीगण्डकी पक्की स्टिल ट्रस पुलको १३ वर्षमा बल्ल आधा काम सकिएको छ
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लैङ्गिक सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै बजेटमा महिलासहितका सीमान्तकृत समुदायलाई समेट्ने बताउनुभएको छ ।
राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्कनुभएको छ ।
मुक्तिनाथ धामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो ।
नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा रहेको छ । केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुर्याएको छ ।
भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ ।
पहिरोले क्षति पुर्याएको नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमीको तील गाउँको खानेपानी योजनाको निर्माण कार्य सुरु भएको छ । यही जेठ १ गते राति गएको पहिरोले सो खानेपानी योजनामा क्षति पुर्याएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत पूर्वमन्त्री आलमको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पताल प्रशासनले विज्ञप्ति निकाल्दै जानकारी गराएको हो ।