राजधानीका विभिन्न स्कुलका छात्रछात्राको सहभागितामा मुना सम्मेलन सम्पन्न भएको छ ।
गाजा क्षेत्रमा हाल जारी इजरायली सैन्य कारबाहीको बिचमा करिब ११ हजार क्यान्सर पीडितलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवाको पर्याप्त अभाव भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय क्षेत्र विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडाभर ५० करोडको धार्मिक संरचना तयार भइसकेका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट स्रोत व्यवस्थापन गरेर मात्र तय गरिएकाले कार्यान्वयनमा शङ्का गर्ने अवस्था नरहेको बताउनुभएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा २६ हजार नौ सय युवालाई निःशुल्क छमहिने तालिम प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत सो सङ्ख्यालाई सो अवधिका तालिम प्रदान गरिने भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अब भावुक स्मृतिमा नभइ उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्ने बताउनु भएको छ ।
अन्नपूर्ण हीरक महोत्सवको पहिलो दिन शनिबार साँझ फ्रान्सेली कलाकारहरुको समूहले अन्नपूर्ण प्रथम हिमालको काखमा रहेको नारच्याङ गाउँमा सांगीतिक साँझको आयोजना गरेका छन् ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सर्वसाधारणसँगको भेटघाट बन्द गरेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारी थालेको छ । मन्त्रालयले शनिबारबाट सर्वसाधारणसँगको भेटघाट नै बन्द गरेर मन्त्रालयका कर्मचारी आगामी आवको बजेट तर्जुमामा जुटेका हुन् ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६३ पैसा र बिक्रीदर १३७ रुपियाँ २३ पैसा कायम भएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले आइतबारदेखि ग्रिन बन्ड जारी गर्ने भएको छ । बैङ्कले वार्षिक छ प्रतिशत ब्याजदर भएको सातबर्से अवधिको बन्ड निष्कासन गर्न लागेको हो
निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म करिब ३६ अर्बको व्यापार गरेका छन् ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार कम्पनी ऐनबमोजिम स्थापना भएका ३४ वटा संस्थानमध्ये १८ संस्थानले नियमित लेखा परीक्षण गराएका छन् ।
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राज्यले स्वास्थ्य क्षेत्रका जनशक्तिको क्षमतालाई अभिवृद्धि गर्न लगानी गर्नुपर्ने बताउनुभएको छ ।