हात्तीबाट अति प्रभावित क्षेत्रको रूपमा चिनिएको झापाको मेचीनगर नगरपालिका २ र ४ बाहुण्डागी तथा आलडागी क्षेत्रमा एक सातादेखि चितुवा आतङ्कका कारण स्थानीयहरु त्रसित बनेका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताउनुभएको छ ।
सशस्त्र द्वन्द्वको बेला माओवादीको अगुवाईमा श्रमदान गरेर बनाइएको सहिद मार्ग जीर्ण बनेको छ । काठेखोला गाउँपालिका ४ रिजालचोकदेखि ताराखोलाको वडा नं. १, २ र ४ जोड्ने सडक जीर्ण बनेको हो ।
गर्मी बढेको समयमा पशुचौपायामा विभिन्न महामारी देखिने भएकोले पशुचौपायालाई महामारीबाट जोगाउन बाँकेमा महामारी विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ ।
गत पाँच वर्ष अघिदेखि उठाउँदै आएका मागहरूलाई यस पटकको बजेटमा सम्बोधन गरिएको जनाउँदै बाँकेका होटल व्यवसायी उत्साहित भएर स्वागत गरेका छन् ।
जमुना हिल्सा जोड्ने कर्णाली करिडोरको कालीकोट खण्ड पाँच दिन बन्द हुने भएको छ । कोरिडोरको खुलालुदेखि लालिघाटसम्मको सडक खण्ड आरसिसि गर्नुपर्ने भएकाले पाँच दिन सम्म बन्द हुने भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी हप्तादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । पेन्सिलभेनियास्थित अमेरिकी स्टिल प्लान्टका कर्मचार तथा श्रमिकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बनाउन गइरहेका छौँ ।”
मानव सभ्यताको हजारौं वर्ष पुराना एकपछि अर्को अनौठा र अद्भुद ढुङ्गे हथियार फेला पर्न थालेपछि बर्दिबास ३ पाटु आसपासका पुरातात्त्विक क्षेत्र चर्चा र चासोको विषय बनेको छ।
कोहलपुर नगरपालिका वडा ११ का पुरमल बस्नेत विगत १५ वर्षदेखि विभिन्न किसिमका लोपोन्मुख कठ्यौरी, भमरा, पुत्का, कुमालकोटी तथा माहुरी प्रजातिका किराहरुको संरक्षणमा जुट्दै आउनुभएको छ ।
स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १० मा अवस्थित वोङछु शेर्पा मेमोरियल अस्पताललाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ ।
पछिल्लो समय भेडा पालन पेसा घट्दो क्रममा रहेको छ । अहिलेको पुस्ताले भेडा पालनमा चासो नदिएका कारण भेडा पालन व्यवसाय घट्दो अवस्थामा पुगेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार जनकपुर आउने हुनुभएको छ । मधेश प्रदेश सरकारको गौरव तथा बहुवर्षीय ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजानको शिलान्यास गर्न प्रधानमन्त्री ओली जनकपुर आउन लाग्नुभएको हो ।
राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम तीन वर्षभित्र पूरा गरिने भएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गरिने बताउनुभयो ।