वीरगन्जमा दिपावलीका लागि झिलिमिली बत्ती ( झालरबत्ती) लगाउने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
नेपालीको दोस्रो ठुलो पर्व तिहार शनिबारबाट सुरु भएको छ । पर्यटन नगरी पोखरामा तिहारको रमझम देखिएको छ । दशकअघिसम्म ८० प्रतिशतसम्म फूल आयात गर्ने पोखरेलीको माग यसपालि स्थानीय फूलले नै धान्ने देखिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ ।
विराटनगरमा प्रहरीले छुट्टाछुट्टै घटनामा स्रोत नखुलेको ठुलो परिमाणको रकम र नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्र्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताउनुभएको छ ।
धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु भएको छ । जगतगुरु बालसन्त मोहनसरणले स्थानीय धार्मिक र पौराणिक सम्पादाहरुको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा यस वर्ष पनि कात्तिक १ गतेबाट सुरु भएको हो ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका बाढी पहिरोका हिसाबले सुरक्षित क्षेत्र मान्छिन् ।
धौलागिरी चक्रीय पदमार्गमा पदयात्राका क्रममा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् ।
जिल्लाको दङ्गीशरण गाउँपालिका–२, राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन् ।
मैवाखोला गाउँपालिकाका पहिरोपीडितका लागि स्थायी पुनर्वासका लागि बाटो खुलेको छ । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले स्थायी पुनस्र्थापनाको प्रक्रियालाई स्वीकृत गरेसँगै बाटो खुला भएको हो ।
मुगुको सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अहिलेसम्म निर्माण हुन सकेका छैनन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिन थालेको छ । मन्त्रालयले रौतहटको राजदेवी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाएर विवादमा तानिएको छ ।
दसैँतिहार जस्ता नेपाली समाजका मुख्य चाडपर्वका समयमा सर्लाहीका किसान धान बाली भित्र्याउने काममा व्यस्त देखिएका छन् । कृषि ज्ञान केन्द्र सर्लाहीले धानको चाँडो पाक्ने जात (अर्ली भेराइटी) धमाधम भित्र्याउने बेला भएको जनाएको छ । तिहार र छठपर्वको रौनक छाइरहेका समयमा खेतको धानबाली पाकिसकेको किसान भने पहिले धानबाली काट्ने काममा लागिपरेका छन् । साउनमा खडेरी जाँदा ढिलो गरी रोपिएको धानबाली भने भर्खर पसाउन थालेको किसानले बताएका छन् ।
हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सुरु गरेको छ । जेनजी समूहको आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको शववाहन बुधबारबाट पुनः हेटौँडा उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।
सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामार्फत सञ्चालन हुँदै आएको ‘आमा सुरक्षा’ कार्यक्रम रोकिएको छ । सङ्घीय सरकारको सहयोगमा बनेपा नगरपालिकाले विगत १४ वर्षदेखि बनेपामा रहेको शिर मेमोरियल अस्पतालसँग सहकार्य गर्दै ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।