सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ चङ्खिदोमा बाँसको भाटा प्रहारबाट एक जनाको ज्यान गएको छ । ४० वर्षीय प्रेमकुमार कुलुङको हत्या अभियोगमा प्रहरीले सोही स्थानका २६ वर्षीय रघु कुलुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको लिएको सही राजनीतिरूपी शरीरमा विज्ञताको मांशपेशी भर्नसकेमात्रै सुन्दर नेपाल बनाउन सकिने बताउनुभएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम नगरेको स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताउनुभएको छ ।
रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन् ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ ।
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय क्षेत्र विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको पञ्चकोटको डाँडाभर ५० करोडको धार्मिक संरचना तयार भइसकेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल भएको छ ।
पोखरा महानगरको सबैभन्दा ठुलो ताल फेवाको सीमा (तालघर) छुट्याउन थालिएको छ। सर्वाेच्च अदालतको आदेश बमोजिम डिजिटल सीमाङ्कन सकिएपछि शनिबारबाट भौतिक पोल गाड्न थालिएको हो।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
१३औँ कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जित्नुभएको छ । दुवै पहिलो पटक च्याम्पियन बन्नुभएको हो ।
अविरल वर्षाका कारण शनिबार बिहानदखि अवरुद्ध कोसी राजमार्गको भेडेटार मुलघाट सडकखण्ड अझै खुल्न सकेको छैन।
भिरबाट लडेर भेडी गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ६७ वर्षीया लारा गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुशरण गरिएको बताउनुभएको छ ।
जिल्लामा पत्रपत्रिका थिएनन् । राजधानीबाट आउने पत्रपत्रिका पनि साता–दस दिनपछि मात्र आइपुग्थे । त्यतिबेला नागरिकमा सूचनाको पहुँच थिएन । जसका कारण नागरिकले पाउनै पर्ने सेवा पनि पाएका थिएनन् ।