मनसुनी वर्षासँगै बाढी, पहिरो, डुबान तथा दुर्घटना जस्ता प्राकृतिक प्रकोपका घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै जिल्लामा विपत् सूचक तयार गरिने भएको छ ।
नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर २ बढाएको हो।
बर्खे, हिउँदे मकैको खेती गर्दैआएका कैलालीका किसान बसन्ते मकै खेतीतर्फ आकर्षित भएका छन् । कैलालीको गौरीगंगा नगरपालिकाका किसानहरू परम्परागत खेतीको सीमा पार गर्दै व्यावसायिक कृषितर्फ उन्मुख भइरहेका छन् ।
भिरबाट लडेर बैतडीमा एक वृद्धाको मृत्यु भएको छ । घर नजिकैको जंगलमा घाँस काट्नेक्रममा दशरथचन्द नगरपालिका –६ टाककी ७० बर्षीया धनपती नाथको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेहेले जितेको छ ।
पदयात्रा पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने लक्ष्यले महिला ट्रेकिङ गाइडलाई तीन दिने ओरेन्टेसन तालिम आयोजना गरेको छ । देशैभरका ३० जना महिला गाइडलाई नेपाल पर्यटन बोर्ड र पासाङल्हामु फाउन्डेसनले संयुक्त रूपमा तालिम दिएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरले सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउनुभएको छ।
बाढीले भत्काएपछि अबरुद्ध भएको कोशी राजमार्गको मुलघाट भेडेटार खण्ड सन्चालनमा आएको छ ।
तनहुँको व्यास नगरपालिका–११ पोल्याङमा चैते धानले हरियाली देखिएको फाँट । यो ठाउँ धान उत्पादनका लागि प्रख्यात मानिन्छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्त्वको लडाइँमा आफू सधैँ किरात समुदायसँगै रहेको बताउनुभएको छ।
खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ।
गोरखाको भिमसेन थापा गाउँपालिका ७ र ८ बोर्लाङ र धादिङको त्रिपुरासुन्दरीको सल्यानटार–३ जोड्ने बुढी गण्डकी नदीमाथिको १२० मिटर लामो झलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचार–प्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकाले आम नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
बाँकेको कोहलपुर नगरपालिका १२ दाउनाचोकस्थित दलित सामुदायिक वनमा पुरुषको शव फेला परेको छ । सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणा गाउँका नरनाथ योगीको शव शनिबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।