हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा स्नान गर्ने क्रममा तिर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधान गर्न धाराको उचाइ बढाइने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुनका लागि घोषित निर्वाचनको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ ।
अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष रहेको बताउनुभएको छ । चलचित्र ‘परान’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगै रासससँगको सङ्क्षिप्त कुराकानीमा उहाँकोले आफ्नो झण्डै छ दशकको कलाकारिता यात्रामा यो चलचित्र एउटा परीक्षा भएको बताउनुभयो ।
शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
चाडपर्वको बेला पनि सप्तरीको किसान धान काट्न र भित्र्याउन व्यस्त भएका छन् । छरेको ९० दिन र रोपेको ६० दिनमा तयार भएको धान भित्र्याउन किसान व्यस्त भएका हुन् ।
पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले अग्रजहरूले राखेको यस र कृतिमा हानी पुर्याउने अधिकार कसैमा नभएको बताउनुभएको छ ।
लमजुङ प्रशासनले तिहारको बेला खेलिने देउसी–भैलोका लागि समयसीमा निर्धारण गरेको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दीपावलीको अवसरमा खेलिने देउसी–भैलोका बेलुका १० बजेसम्मको समयसीमा निर्धारण गरेको हो ।
सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।
सल्यानमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ । दिपावली, छठ पर्व एवम् महाकवी लक्ष्मीप्रसाद देवकोटको जन्मजयन्तीको सन्दर्भमा जिल्लास्तरीय गोष्ठी सम्पन्न भएको हो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टुक्रे–हाङदेवा हुँदै मित्लुङ जोड्ने सडकमार्ग सञ्चालनमा आएको छ । तमोर मेवा जलविद्युत् आयोजनाको सहयोगमा शनिबारदेखि उक्त सडकमार्ग सञ्चालनमा आएको हो ।
नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
जेनजी आन्दोलनको फाइदा उठाउँदै गत भदौ २४ गते तनहुँ कारागारबाट भागेका दुई जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ ।
सङ्खुवासभाको दुर्गम भोटखोला क्षेत्र ८० दिनपछि सडकसँग जोडिएको छ । लगातारको अवरोधपछि कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा आएको हो ।