काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटीद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गर्नुभएको छ ।
गोरखा सदरमुकामबाट प्रहरीले २० केजी पटकाजन्य पदार्थ बरामद गरेको छ । सदरमुकामको विभिन्न स्थानमा चेकजाँच तथा खानतालसी गर्ने क्रममा शनिबार बेलुका सो परिणामाको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रौतहटका नौ वटा स्थानीय तहको आर्थिक कारोबार बन्द भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले गौर नगरपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गढिमाइ नगरपालिका र माधवनारायण नगरपालिकाको खाता बन्द गरेको छ ।
नवौं मण्डली कपको उपाधि मणिमुकुन्द भलिबल क्लव रुपन्देहीले जितेको छ । मामा भान्जा युनाईटेड क्वल, रामपुरलाई ३–१ सेट अन्तरले पराजित गर्दै मणिमुकुन्दले उपाधि चुमेको हो ।
तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिनुभयो ।
हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताउनुभयो । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले विद्यालयको कम्प्युटर र पंखा चोरी गरी बिक्री गर्ने तथा खरिद गरेको आरोपमा दुवै पक्षका गरी ६ जनालाई पक्राउ गरेको छ ।
हिन्दूहरूको दोस्रो ठूलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहीनीले दाजुभाइलाई उपहारस्वरुप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ ।
मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् । यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक पर्वका विधिमै कृषि उपजको महत्व जोडिएको छ ।
बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् ।
नवलपुरको अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।
धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् ।
आगामी फागुन २१ गतेका लागि तोकिएका निर्वाचनका लागि मतदाता सङ्ख्या थपिँदैछन् । निर्वाचन कार्यालयले गरिरहेको मतदाता नामावली सङ्कलनमा जेनजी उमेर समूहका युवा बढी रहेको पाइएको छ । २०७९ को निर्वाचनसम्म डडेलधुरा जिल्लामा ९४ हजार ३१४ मतदाता थिए । जिल्ला निर्वाचन कार्यालय डडेलधुराका कार्यालय प्रमुख करुणाकर अवस्थीका अनुसार हाल सङ्कलन भइरहेको मतदाता नामावली सङ्कलनमा दैनिक मतदाताको सङ्ख्या थपिँदै गइरहेका छन् ।
ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झर्नुभएको थियो । गाउँबाट बजार झर्नुभएकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो ।