हिन्दूहरुको दोस्रो महान पर्व तिहारसुरु भएसँगै गुल्मीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल रेसुङ्गाधाम चौतारामा विशेष उत्साह देखिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले शनिबार नटिङ्घम फरेस्टलार्ई ३–० ले हराएको छ । यस नतिजासँगै चेल्सी आठ खेलबाट १४ अङ्क हासिल गरी चौथो स्थानमा उक्लेको छ । सङघर्षरत् नटिङ्घम फरेस्ट मात्र पाँच अङ्क बनाएर १७ औँ स्थानमा छ । गत महिना एनन्गे पोस्टेकोग्लु प्रशिक्षकमा नियुक्त भएपछि नटिङ्घम आठ खेलमा जितविहीन छ ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आइतबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
नेपालको महिला फुटबल टिम अहिले इरान र भारतसँगको अन्तर्राष्ट्रिय मैत्री फुटबलका लागि तयारीमा व्यस्त रहेको छ । नेपालले कात्तिक ७ मा इरान र कात्तिक १० मा भारतसँग मैत्री खेल खेल्दै छ । यी दुई खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार राति नेपालको २३ सदस्यीय टिमको चयन गरेको छ ।
मकवानपुर प्रहरीले हेटौँडाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ हेटौँडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिक खाजा घरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको हो ।
‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोट नगरपालिकाले जितेको छ ।
मकवानपुरमा क्रियाशील रहेको साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा डिबी बर्तौला पुनः निर्वाचित हुनुभएको छ । संस्थाको यहाँ सम्पन्न १७ औँ अधिवेशनले बर्तौलालाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबार सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिकशुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।
जेनजी आन्दोलन तथा बाढीपहिरो जस्ता विपत्तिले पर्यटकीय चहलपहल घट्ने अनुमानविपरीत मुस्ताङमा पर्यटकको भिड बढ्न थालेको छ । धार्मिक तथा प्राकृतिक सुन्दरताका कारण मुलुककै महत्वपूर्ण गन्तव्यमा पर्ने मुस्ताङमा यस वर्षको पहिलो छ महिनामा तीन लाखभन्दा बढीले भ्रमण गरेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित बङ्गरामा उत्पादित सयपत्री फूलको माला बेलायत पठाइएको छ । बेलायतमा रहेका नेपालीले तिहारका लागि माग गरेपछि सयपत्री फूलको माला बनाएर बेलायत पठाइएको हो । तिहारका लागि बेलायतमा तीन सय थान माला पठाएको व्यावसायिक फूल खेतीमा सक्रिय रोशन साउदले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ४७ पैसा र बिक्रीदर १४१ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ ।
सिङ्गापुरका राष्ट्रपति थार्मान सनमुगारात्नमले आर्थिक विकासका लागि खुलापनमा लगानी केन्द्रित गर्न सुझाव दिनुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकका लागि संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँगको शिष्टाचार भेटमा उहाँले देशको तीव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमा लगानी केन्द्रित गर्न सुझाव दिनुभएको हो ।