भोजपुरको पौवादुङमा गाउँपालिका–५, सानोदुम्माका युवा ठङ्गजीत राईले व्यावसायिक रूपमा गरिरहेको खुर्सानी खेती ।
साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा पुनः डीबी बर्तौला चयन हुनुभएको छ । शुक्रबार हेटौँडामा भएको १७ औँ अधिवेशनबाट उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरिएको हो ।
पाकिस्तानमा हालै आएको बाढीबाट करिब २.९ अर्ब अमेरिकी डलर (झण्डै ८२२ अर्ब पाकिस्तानी रुपियाँ) बराबरको क्षति भएको पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालले बताउनुभएको छ ।
दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार बताउनु भएको छ ।
संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका-१, धम्पुस लेक आउनेक्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् ।
पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टोलो न्युजले शनिबार सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ।
‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ ।
बर्दियामा मानिसलाई आक्रमण गर्ने समस्या ग्रस्त चितुवा नियन्त्रणमा लिइएको छ। बारबर्दिया नगरपालिका–११ मा रहेको जनजागृति सामुदायिक वनमा राखिएको खोरमा समस्या ग्रस्त चितुवा परेको हो।
बझाङको मौलिक भाषा कला संस्कृती संरक्षणका लागि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पहिलो पटक ऐतिहासिक बझाङी भाषा संस्कुती तथा पर्यटन सम्मेलनको आयोजना गरिएको छ ।
ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालयले देउसी भैलो मर्यादित रूपमा खेल्न जिल्लावासीलाई आग्रह गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ ।
स्याउ खेतीमा स्थानीयको आर्कषण तथा खेती विस्तारसँगै यस वर्ष मुस्ताङबाट एक अर्ब १० करोड बराबरको स्याउ बिक्री भएको छ।
इजरायलले गाजाबाट हराएका अर्को बन्धकको शव प्राप्त गरेको छ । यो शव हिंसात्मक समूह हमासले रेडक्रसलाई हस्तान्तरण गरेको हो ।
मेक्सिको र युरोपियन सङ्घबिचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि लागु हुने भएको छ । मेक्सिकोकी राष्ट्रपतिले शुक्रबार यस विषयमा जानकारी दिनुभएको छ ।