शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मेक्सिको सहर, कार्तिक १ गते । मेक्सिको र युरोपियन सङ्घबिचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि लागु हुने भएको छ । मेक्सिकोकी राष्ट्रपतिले शुक्रबार यस विषयमा जानकारी दिनुभएको छ ।
यो सम्झौताले सन् २००० सालमा भएको पुरानो सम्झतालाई प्रतिस्थापन गर्दै मेक्सिकोका कृषिजन्य तथा बनावट वस्तुमा महसुल कटौती गर्ने छ, जसले मेक्सिकोका निर्यातलाई युरोपमा फाइदा पुर्याउने छ । स्थानीय सञ्चार माध्यमका अनुसार, यसले ८६ प्रतिशत कृषिजन्य वस्तुमा महसुल तत्कालै हटाउने छ भने बाँकी १० प्रतिशत महसुल सात वर्षभित्र क्रमशः हटाइने छ ।
युरोपियन सङ्घ र मेक्सिकोबिच २०२४ मा भएको व्यापार करिब ८२ अर्ब यूरो बराबर रहेको छ, जुन लगभग ९५ अर्ब अमेरिकी डलरको हाराहारी हो । युरोपियन सङ्घ मेक्सिकोको तेस्रो ठुलो व्यापारिक साझेदार हो । रासस/सिन्ह्वा