• १ कात्तिक २०८२, शनिबार

धम्पुस लेकबाट गाइडसहित जर्मनी पर्यटक सम्पर्कविहीन

blog

धौलागिरि सर्किट अन्तर्गत पर्ने पदमार्ग । फाइल तस्बिर

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), कात्तिक १ गते । संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका-१, धम्पुस लेक आउने क्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् । 

म्याग्दीको धौलागिरि पदमार्ग हुँदै धम्पुस लेकमा प्रवेश गरेपछि ३२ वर्षीय जर्मनी पर्यटक दामिनो डेल्फाप्लो र गाइड मिमा शुक्रबार राति साढे ९ बजेदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो । 

प्रनाउ लामाले भन्नुभयो, ‘‘सम्पर्कविहीन भएपछि खोजीकार्ये सुरू भएको छ, गाइडको मोबाइल समेत अफ छ ।’’ सम्पर्कविहीन पर्यटक र गाइड म्याग्दीको सिमानाबाट मुस्ताङमा प्रवेश गरेको पुष्टि भएपछि सेभेन समिट ट्रेक्सले हेली एभरेस्ट ले खोजी कार्य सुरू गरेको छ । 

सम्पर्कविहीन भएको स्थान आसपासमा हेलिकाेप्टरबाट खोजीकार्य गर्दा नभेटिएको अवस्थामा प्रहरीले स्थलगत खोजीकार्यलाई अगाडि बढाउने जनाएको छ । पदयात्रामा रमाउने विदेशी पर्यटकका लागि धौलागिरि फन्को मार्ने म्याग्दी र मुस्ताङतर्फबाट उक्त पदमार्गको प्रयोग गर्ने गरिन्छ । यस पदमार्गमा पर्ने रुटमा हिमपात हुने भएकाले साहसिक तथा जोखिमपूर्ण रहेको मानिन्छ ।