काठमाडौँ, जेठ १७ गते । हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता महाशाखाले अनुरोध गरेको छ ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री रघुजी पन्तले नेपाली पत्रकारिताको इतिहास सङ्घर्षपूर्ण भए पनि वर्तमानमा पूर्वस्वतन्त्रता स्थापित भएको प्रस्ट पार्नुभएको छ ।
अभिनेता राजेश हमालसहित ‘नरसिंहा अवतार’ चलचित्रको टोलीले बाँके जिल्लामा स्थानीय पत्रकारसँग अन्तर्क्रिया गरेको छ ।
बैङ्कहरूले अनिवार्य नगद मौज्दातबापत राख्दै आएको रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले अनिवार्य नगद मौज्दातबापत राख्दै आएको रकमको सीमा आइतबारदेखि लागु हुने गरी बढाएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साझा प्रयासले मात्र जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जीविका जस्ता चुनौतीको सामना गर्न सकिने बताउनुभएको छ ।
प्रतिनिधि सभाको जारी अवरोध अन्त्य भएमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत शीर्षकमा जेठ २६ गतेदेखि छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका लागि एक साताको समय तोकेर प्रतिनिधि सभाले कार्यतालिका तय गरेको हो ।
समथर मिलेको फाँट भरिने गरी लगाइएको काँक्राले गाउँ र फाँटलाई सुन्दर बनाएको छ । फाँटका गरामै पाकेका लटरम्म काँक्राले पहेँलपुर देखिन थालेको छ । अहिले किसानलाई काँक्राको बिउ निकाल्न भ्याइनभ्याइ छ ।
नेपाली महिलाको मानव अधिकार, राजनीतिक तथा सामाजिक अधिकारलाई कानुनी रूपमा स्थापित गर्न भूमिका खेलेको दिन २०६३ जेठ १६ गतेको स्मरण गर्दै हरेक वर्ष राष्ट्रिय महिला अधिकार दिवस मनाइन्छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गर्तौलाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन र द्वन्द्वपीडितलाई न्याय दिलाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
मिक्वाखोला गाउँपालिका वडा १ का ११ जना महिलालाई झोला बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र मिक्वाखोला एक खोक्लिङको समन्वयमा गत वैशाख १४ गतेदेखि एक महिने तालिम प्रदान गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज प्रस्तुत भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आर्थिक वर्ष २०८२–८३ को प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।
किरात समुदायको मौलिक चाड उभौली साकेला ५०८५ बेल्जियममा मनाइएको छ । किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा भव्य रूपमा साकेला सम्पन्न भएको हो।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं भोजपुर जिल्लाका पूर्वजिल्ला सभापति हेमराज अधिकारी (शास्त्री)को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले एक जना फरार अपराधीलाई २० वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर दुई निवासी सत्यकुमार श्रेष्ठलाई चरेश मुद्दामा सजाय पाएको २० वर्षपछि पक्राउ गरिएको हो।
लमजुङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अबस्था गम्भीर छ ।