• १ कात्तिक २०८२, शनिबार

मध्यबिन्दुमा सवारी दुर्घटनाः एक जनाको मृत्यु , दुई घाइते

blog

दुर्घटनास्थल ।

ज्ञानु पंगेनी

मध्यविन्दु , कात्तिक १ गते । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

कावासोतीबाट पश्चिम नवलपरासीतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६ नम्बरको भारतीय बसले सोही दिशामा जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–४ बस्ने अनिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिनुभयो । नेपालका अनुसार चौधरीलाई मध्यबिन्दु प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा परेर मृतक अनिता चौधरीका श्रीमान नरेश चौधरी र उहाँहरुको १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएको सूचना अधिकारी नेपालले  जानकारी दिनुभयो ।