शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २ गते । सरकारले लागु गरेको औषधीका नाम जेनेरिक नाममा मात्र लेख्नुपर्ने प्रावधानप्रति नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ ।
सङ्घले चिकित्सकलाई औषधीको जेनेरिक नाम मात्र लेख्नुपर्ने सरकारी नियम असान्दर्भिक, अव्यावहारिक र अवैज्ञानिक रहेको भन्दै विरोध गरेको हो । सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले नेपालमा जेनेरिक औषधीको दर्ता र नियमन प्रणाली नै नहुँदा सरकारले लागु गरेको प्रावधान तथा नीति व्यवहारमा लागु गर्न असम्भव रहेको बताउनुभयो । उहाँले हाल नेपालमा औषधी व्यवस्था विभागद्वारा दर्ता र स्वीकृति प्राप्त सबै औषधीहरू ‘ब्रान्डेड जेनेरिक’ औषधी हो भन्दै उहाँले यी औषधीलाई नै जेनेरिक औषधीका रूपमा बुझ्न सकिने बताउनुभयो ।