नाम्खा गाउँपालिका–६ को न्यालु लेकमा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पाँच हजार मिटर अग्लो सडकमा जमेको हिउँ एक्साभेटरबाट पन्छाउने कार्य सम्पन्न भएपछि यातायात सुचारु भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जिल्लाको कोशी गाउँपालिका–८ शर्मा टोलमा नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा फेला परेको छ ।
जिल्लाका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु विकास तथा दूध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न रु ८० लाख अनुदान वितरण गर्ने भएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकास्थित मनुष्मारा खोलाले तीन दिनअघि बगाएर बेपत्ता बालिका नभेटिएपछि सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली शनिबार साँझ बर्दिवास फर्किएको छ ।
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित हुनुभएको छ । उहाँको लेखन–यात्राको स्वर्ण वर्षको अवसर पारेर ‘नझरेका फूलहरू’ नामक संस्थाले एक कार्यक्रम आयोजना गरी उहाँलाई सम्मान गरेको हो । कार्यक्रममा अधिकारीको हालै प्रकाशित कवितासङ्ग्रह ‘पानीको परेड’ बाट कविहरू कवितावाचन गरेका थिए भने विभिन्न कलाकारले अधिकारीका गीतहरूको गायन र नृत्य प्रस्तुत गरेका थिए ।
नेपाल विश्व समुदायमा शान्तिप्रिय मुलुक हो । गौतम बुद्धको जन्मभूमि नेपालले विश्व शान्ति कायम गर्न संसारका धेरै मुलुकमा योगदान पु¥याउँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सहभागी भएर नेपाली सेनाले सेवा गर्दै आएको छ ।
नेपालमा राणाकालमा वाक् तथा प्रकाशन स्वतन्त्रता थिएन । २००७ मा राणा शासनविरुद्धमा जनआन्दोलन भयो । त्यसपछि वाक तथा प्रकाशन स्वतन्त्रता आयो । राजा त्रिभुवनले दुई वर्षभित्र सर्वाधिकार सम्पन्न विधान सभाको निर्वाचन गर्ने भनेर घोषणा गरे ।
पालिका स्तरीय पुरुष भलिबलमा पुतलीबजार र भीरकोट नगरपालिका उपाधिका लागि भिड्ने भएका छन् ।
नेपाल जस्तो विकासशील मुलुकमा स्थायित्व र दिगो प्रगति केवल भावनामा आधारित राजनीतिक प्रणालीले सम्भव छैन । भावनाले अल्पकालीन जनसमर्थन र लोकप्रियता त दिन सक्छ तर दीर्घकालीन नीति र विकासका लागि चेतनामा आधारित, वैज्ञानिक, समावेशी र सन्तुलित राजनीतिक प्रणाली अपरिहार्य छ । इतिहासले देखाएको छ, शक्ति एक व्यक्तिमा केन्द्रित हुँदा अधिनायकवाद र अस्थिरता जन्मिन्छ ।
सप्तरीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना मन्दिरका पुजारीको मृत्यु भएको छ । शनिबार राति जिल्लाको बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारी सोही ठाउँ घर भएका ७० वर्षीय रामदुलार साहको गोली प्रहारबाट मृत्यु भएको हो ।
कवि शिरोमणि लेखनाथ पौडेलले तिहारको सौन्दर्य र महत्वलाई सटिक रूपमा व्यक्त गरेका छन्– “सुखमय पारी सब संसार, आयो प्यारो चाड तिहार !” शरद्–उत्सवको यो पर्व नेपालीको मन र आँगनमा उमङ्ग, प्रेम र उज्यालोको सन्देश लिएर आइपुग्छ ।
गुल्मीमा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने तम्घास–सिमलटारी सडक मर्मत गर्न सुरु गरिएको छ । यो खण्डको विभिन्न घुम्तीमा सडक भत्किएर दुर्घटनाको ठुलो जोखिम रहेको थियो ।
विश्व २१ औँ शताब्दी युवाको नेतृत्व स्थापित हुनेमा सबै तह र तप्काका मानिस विश्वस्त छन् । यो शताब्दी डिजिटल युग हुनेमा पनि सबै एकमत देखिन्छन् । यसको छनक एसियाबाटै देखिन थालेको छ । परिवर्तनका लागि सामाजिक सञ्जालका माध्यमबाट क्रान्तिको सुरुवा