शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जयकृष्ण यादव
इनरुवा, कात्तिक २ गते । जिल्लाको कोशी गाउँपालिका–८ शर्मा टोलमा नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा फेला परेको छ । शनिबार राति करिब ९ बजे स्थानीय विजय कुमार खत्वेले गाउँ छेउमा रोएको आवाज सुनिएको र हेर्न जादाँ नवजात शिशु भेट्टाएपछि इलाका प्रहरी कार्यालय भण्टाबारीलाई जानकारी गराएका थिए ।
प्रहरी वरिष्ठ निरीक्षक पुण्यप्रसाद अधिकारीको कमाण्डमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शिशुलाई तत्काल कोशी हेल्थ केयर भण्टाबारीमा उपचारका लागि लगेको थियो । भर्खर जन्मिएको जस्तो देखिने शिशुलाई थप उपचारका लागि जिल्ला अस्पताल ईनरुवा पु¥याइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले नवजात शिशुलाई फ्याक्नेको खोजी भइरहेको जानकारी दिनुभयो ।