क्याम्बोडियामा साइबर अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक शनिबार चार्टर्ड विमानमार्फत स्वदेश फर्किएपछि सिओलको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन् ।
दमौलीलाई विश्वमञ्चमा चिनाउने अभियानसहित ‘विश्व ॐकार तथा हिन्दु महामिलन पर्व’ शनिबारबाट दमौलीमा सुरु भएको छ ।
आदिवासी थारू समुदायलगायत विभिन्न समूदायको मौलिक भेषभूषा हराउँदै गएको अवस्थामा दाङमा बहुजातीय सांस्कृतिक भेषभूषा घर स्थापना गरिएको छ । लोप भइरहेको पोशाकहरूको प्रचारप्रसार तथा संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित घोराही उपमहानगरपालिका –५, स्थित धारपानीमा स्थापना गरिएको हो ।
बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, काठमाडौंको २१औँ आ.व. २०८१/०८२ को क्याम्पसको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी आतङ्ककारीको ज्यान गएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभएको छ ।
तिहार पर्वको अवसरमा देशभर देउसीभैलो खेल्न थालिएको छ । बागलुङमा पनि शनिबारदेखि विभिन्न क्लब, समूहहरूले देउसीभैलो खेल्न सुरु गरेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग व्हाइट हाउसमा लामो भेटवार्तापछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गर्नु भएको छ ।
कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्र पारिएको छ ।
गुल्मीमा एक हप्ताको समय अवधिमा राहदानीबाट मात्र २० लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म ४०६ जनाको राहदानीका लागि आवेदन संकलन हुँदा २० लाख ४७ हजार पाँचसय रुपियाँ राजस्व संकलन भएको हो ।
चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ ।
पोखरा महानगरपालिका–३३ऽ भरतपोखरीको बागमाराका युवा युवराज आचार्यले विगत सात वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।
गुल्मीको तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई अहिले तिहारमा फूल बेच्ने चटारो छ । विद्यार्थीले बर्सेनि चन्द्रकोट गाउँपालिका–८, मजुवामा रहेको शिक्षालयमा फूल सुन्दर बगैंचा निर्माण गरेका छन् ।
उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली आजदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो ।
तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा किवी फलेको छ । छिल्लीकोटका किसान परवीर पुनले तीन वर्ष पहिले करिब १२ कट्ठा जग्गामा लगाएको किवी फल्न सुरु गरेको हो ।