यहाँका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झण्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन् ।
यहाँको टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ ।
यहाँ थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कैयौँ पटक योजना बनाएर पनि जान नसकिएको बडीमालिका जाने मौका मिल्यो । तीर्थयात्राका लागि सधैँ समय हुँदैन । केही यात्रा पर्वमा त केही निश्चित समय मिलाएर गर्नुपर्ने हुन्छ । स्थान, समयविशेष यात्रा, तीर्थविशेषको छुट्टै समय र महत्व रहिआएको हुन्छ ।
सरकारले बनाउने नीति र सामाजिक सांस्कृतिक चेतबिच तादाम्यता मिल्न नसकेको सरोकारवालाहरूको विश्लेषण गरेको छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।
बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
दुई वर्षको लामो पर्खाइबिच छोरा लिएर घर फर्किने आसमा अमेरिका पुग्नुभएका विपिनका आमा पद्मा जोशी रित्तै हात घर फर्किनुभएको छ । हमासले कब्जामा लिएको छोराको रिहाइका लागि छोरी पुष्पासहित केही दिन अगाडि अमेरिका पुग्नुभएकी उहाँ बिहीबार रित्तो हात घर फर्किनुभएको विपिनका दाजु किशोर जोशी (ठुलो बुवाको छोरा) ले बताउनुभयो ।
आगजनी र तोडफोड गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालय र विषयगत समितिका कार्यालय मर्मत गरिएको छ । कम क्षति भएका सचिवालय र विषयगत संसदीय समितिका कार्यालय मर्मत गरिएको हो ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा एक युवकको शव फेला परेको छ । त्रियुगा नदीले बगाउँदै गरेको अवस्थामा सोही ठाउँका वडा नम्बर ५ पथरी निवासी १८ वर्षीय दिलीप मुखियाको शव फेला परेको हो ।
दैलेखमा धमाधम नयाँ मतदाता थपिन थालेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना जारी भएको तीन हप्तामा दैलेख जिल्लामा ११४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
कर्णाली प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरण गर्न निर्देशिका स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका–२०८२ स्वीकृत गरेको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकोमा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको संयुक्त इजलासले बिहीबार यस्तो आदेश गरेको हो ।