बगलुङको ढोरपाटन नगरपालिका–२ मा रहेको सानो स्वर्ग कालिज फार्ममा चितुवा पस्दा ४ लाख रुपियाँ बराबरको क्षति पुगेको छ। फार्मका सञ्चालक चुडामणी कँडेलका अनुसार शुक्रबार बिहान फार्ममा पसेको चितुवाले २०० भन्दा बढी कालिजमा क्षति गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आज सम्पन्न दसौँ पूर्ण बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत मुलुकको राजनीतिक परिस्थिति र पार्टीको नीतिसम्बन्धी २२ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते निर्धारण गरिएको आमनिर्वाचनका विषयमा बहस भइरहेको छ ।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आज पोखरास्थित श्री पश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गर्नुभएको छ ।
एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माइकल फोले नियुक्त हुनुभएको छ । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी उहाँ नियुक्त हुनुभएको एनसेलले जनाएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–६ स्थित ठुलो खर्कबाट देखिएको सयपत्री फूलको पृष्ठभूमीमा खुलेको माछापुच्छ्रे हिमालको दृष्य ।
पैरवी बुक हाउस प्रालीको आयोजनामा आज यहाँ एक कार्यक्रमकाबीच अध्येता रोशनकुमार झाद्वारा लिखित ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन गरिएको छ ।
विगत ३० वर्षमा मौसमसँग सम्बन्धित प्रकोप तीन गुणाले वृद्धि भएको छ । मानव अधिकार आयोग र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घको संयुक्त आयोजनामा शुक्रबार काठमाडौँमा आयोजित अपाङ्गता र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनमा सो प्रतिवेदन प्रस्तुत गरिएको हो ।
मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकेको भन्दै खुलेर आत्मालोचना गर्नुभएको छ। शुक्रबार सम्पन्न पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकमा उहाँले आफ्ना धारणा राख्नुहुँदै पार्टीमा देखिएका कमीकमजोरीबारे स्वीकार गर्नुभएको हो।
घरेलु टोली थाइल्यान्डसँग १२–० गोलको फराकिलो हार खेप्दै नेपाल एएफसी महिला यु–१७ एसियन कपको छनोट चरणबाटै बाहिरिएको छ ।
नेपाली सेनाले विश्वमा परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेनजी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ।
गोरखापत्र संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीहरुका लागि आयोजना हुँदैआएको ‘गोरखापत्र : गर्दै–सिक्दै’ शृङ्खला आज पुनः आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुबाट निवेदन माग गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन, डिजिटल रुपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धन र युवाको संलग्नताबारे जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरुसँग सुझाव लिएको छ।