प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताउनु भएकाे छ ।
दक्षिण कोरियाको निर्यात मात्रामा सेप्टेम्बर महिनामा १४.४ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि केन्द्रीय बैङ्कको डेटा अनुसार, इलेक्ट्रोनिक उत्पादनको उच्च मागका कारण आठौं महिना लगातार बढ्दै गएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्न बाध्य हुने बताउनु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ ।
वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको छ ।
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत गरेको छ ।
सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकप खेल्ने २० वटै टोलीको टुङ्गो लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्लाको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
अष्ट्रेलियाको उत्तरपूर्वी राज्य क्विन्सल्यान्डको दुई हुलाक कार्यालयमा शुक्रबार भएको रसायनको चुहावटबाट प्रभावित भएपछि पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
दैलेखमा धमाधम नयाँ मतदाता थपिन थालेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना जारी भएको तीन हप्तामा दैलेख जिल्लामा एक सय १४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
कालोपत्रेको माग गर्दै उदयपुरका स्थानीयवासीले सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मी-कटारी सडक खण्ड बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध गरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो ।
सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् ।
खस भाषामा लेखिएको ४० हजार शब्दको खसभाषाको शब्दकोष खसिया आखर लोकार्पण गरिएको छ ।
महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुवै पालिकाका ३०८ बाढी पिडित परिवारलाई राहत वितरण गरिएको हो ।