साथीहरू, म अहिले कक्षा ५ मा अध्ययन गर्दै छु । भदौ २९ गते हामी राष्ट्रिय बालदिवस मनाउँदै छौँ । बालदिवस नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि मनाउने गरिन्छ तर अन्तर्राष्ट्रिय दिवसको मिति फरक हुन्छ ।
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् ।
नेपालकै अत्यधिक गर्मी हुने ठाउँ भनेर चिनिएको बाँकेको नेपालगन्जमा दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पेनसिप हुने भएको छ ।
आगामी फगुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा युवाहरूको उत्साहजनक सहभागिता पाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
निर्माण व्यवसायी सङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा ट्रस्ट भवन निर्माण गरिदिएसँगै ३५ दिनपछि राष्ट्रिय परिचयपत्र सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गते
आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । आँटेका काममा सामान्य बाधाअड्चन देखापर्ने छन् । अनावश्यक खर्चको मात्रा बढेर जाला
बागलुङको बडीगाड गाउँपालिका–५, कालीमाटीखोला किनारको ओडारमा रात बिताउँदै आएको एक परिवारलाई आश्रयको व्यवस्था गरिएको छ । वडा र गाउँपालिकाको समन्वयमा बडीगाड गाउँपालिका–४, जलजलाका केशव पुनको परिवारलाई आश्रयको व्यवस्था गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
गोरखाको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको बारपाक सुलीकोट गाउँपालिका पछिल्ला वर्ष कृषि क्षेत्रबाट पनि पहिचान बनाउन थालेको छ । गाउँपालिकाको वडा नं. १ का कृषक चन्द्रबहादुर घले अहिले किवी खेतीका कारण स्थानीय र आसपासका क्षेत्रमा उदाहरणीय बन्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गर्नुभएको छ ।
बागलुङमा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगितामा बिहीबार भएका खेल जित्दै काठेखोला, बरेङ, निसी गाउँपालिका र गलकोट नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन सार्वजनिक हुँदै जाँदा रुपन्देहीका अदालतमा पनि ठुलो क्षति पुगेको खुलेको छ । प्रदर्शनले हिंसात्मक रूप लिएपछि सरकारी तथा निजी भवनसहित अदालतहरू पनि आगजनी र तोडफोडको सिकार बनेका थिए । त्यस क्रममा रुपन्देही जिल्ला अदालत र उच्च अदालत बुटवल इजलासमा रहेका अनेकौँ महत्वपूर्ण मुद्दाका फाइल र अभिलेख जलेर नष्ट भएका छन् ।
महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा एक जीवित नवजात शिशु फेला परेको छ । बिहीबार भार्गेश्वर पोखरी नजिकको धानखेतमा करिब १५/१६ दिनको पुरुष शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जनाउनुभयो ।