विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ७२ वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला राखेका थिए। सोही स्मरणमा आज यहाँ र्याली प्रदर्शन गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताउनुभएको छ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनताले चुनेको उन्नत व्यवस्था गणतन्त्र भएको बताउनुभएको छ । १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै गणतन्त्र भएको बताउनुभएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
लुम्बिन प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको करिव १० महिना बितेको छ । देशका मुख्य दुई ठूला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेससहितको गठबन्धनबाट लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिनुभएका मुख्यमन्त्री आचार्यले सुरुदेखि नै सुशासन, पारदर्शीता र नागरिक अधिकारका
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ (आफैँ गाडी लिएर चलाउने) नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले जेठ १६ देखि सार्वजनिक यातायातका सवारीसाधन ग्यारेजमा थन्क्याउने चेतावनी दिएका छन् ।
जल र जङ्गलमा आश्रित र आर्थिक हिसाबले पछि रहेका नवलपुरका माझी, मुसहर र बोटे समुदायका युवा वैकल्पिक पेसातिर आकर्षित हुन थालेका छन् । नारायणीमा माछा मार्ने, डुङ्गा चलाउने र जङ्गलमा निगुरो, च्याउ टिपेर जीविकोपार्जन गर्ने यो समुदायको युवापुस्ता वैकल्पिक पेसातिर आकर्षित हुन थालेको हो ।
वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगञ्ज बार्शसले जितेको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले किसानको गोठमा गएर पशु सेवा दिन थालेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ ।
आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको गाउँ बस्तीमा चितुवा, बाघ र अन्य वन्यजन्तुबाट बाख्रा र भेडालाई जोगाउन १९१ वटा सुरक्षित खोर निर्माण गरिएका छन् । भेडाबाख्रापालन गर्दा चितुवा, बाघलगायतका जनावरबाट पीडित यहाँका बासिन्दा सुरक्षित खोर निर्माणपछि भने सुरक्षित महसुस गर्न थालेका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि रहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र अथक प्रयासको देन गणतन्त्र भएको स्पष्ट पार्नुभएको छ ।