लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरी सरकारी सेवामा कार्यरत चिकित्सकले निजी क्लिनिकमा काम गर्न थालेको भन्दै कडाइ गरेको छ । मन्त्रालयले बुधबार आफ्ना मातहतका सबै अस्पताललाई परिपत्र जारी गर्दै सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ लाई कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।
बुटवल उपमहानगरपालिकाले तिहार तथा छठपर्वका अवसरमा प्लास्टिकका फूल बिक्रीवितरण र प्रयोग नगर्न बुटवलवासीलाई आग्रह गरेको छ ।
नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो ।
सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ ।
समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३५औँ अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई ‘जेष्ठ महामानार्थ सम्मान–२०८२’ प्रदान गरिएको हो ।
नेपाल टेलिकम कर्णाली प्रदेशले सञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) कर्णाली प्रादेशिक निर्देशनालय, सुर्खेतका निर्देशक डा. कमल लामिछानेका अनुसार बुलबुले, एयरपोर्ट र रंगशाला क्षेत्रमा नयाँ टावर निर्माण सम्पन्न भइसकेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गर्नुभएको छ । गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ ।
बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ ।
सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन ।
मानिसहरु हरेक दिन उठ्ने बित्तीकै सामाजिक सञ्जाल हेरेर आफ्नो धारणा बनाउँछन् । धेरै समय मोबाइलमा बिताउने गर्छन् । तिलोत्तमाका पुष्प ब्यबसायी ईश्वरी भण्डारी भने मोबाईलको साटो बिहान उठ्ने बित्तीकै फूलका बिरुवाको स्याहारमा लाग्नुहुन्छ । फूल बेचेर राम्रो आम्दानी पनि गर्नुभएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आसन्न तिहार र छठ पर्वमा प्राकृतिक फूल तथा फलफूलको माला मात्र प्रयोग गर्न आग्रह गरेको छ । यस्तो सूचना जारी गर्ने पश्चिम नवलपरासीका स्थानीय तहहरूमध्ये यो पहिलो स्थानीय तह हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।
कञ्चनपुरबाट श्रमजीवी किसानको प्रतिनिधित्व गर्दै आएका दुई सङ्गठनले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै भूमि समस्या समाधान आयोग तत्काल पुनर्स्थापनाको माग अघि सारेका छन् ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।