वासिङ्टनडिसी, असोज ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्न बाध्य हुने बताउनुभएको छ ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवीयताविरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताउनुभएको हो । हमासले बाँकी मृत बन्धकको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिनपछि चेतावनी आएको हो ।
चेतावनीमार्फत उहाँले नागरिक र बन्धकमाथि मानवीयतामाथि आक्रमण जारी रहेमा बलियो अमेरिकी कारबाहीको सामना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । शवको खोजी र हस्तान्तरण गर्ने गम्भीर कार्यको वर्णन गर्दै, ट्रम्पले पत्रकारलाई यो जटिल प्रक्रिया भएको उल्लेख गर्नुभएको छ ।
हतियारको सवालमा बोल्दै उहाँले, हमासले आफ्नो हतियारका साथ आत्मसमर्पण गर्नुपर्ने कुरामा जोड दिनुभयो । यदि हमास समूहले यो नियमको पालन गर्न असफल भयो भने निर्णायक अमेरिकी कारबाहीको चेतावनी दिनुभएको छ ।
अमेरिकाले अर्जेन्टिनाको अर्थतन्त्रलाई स्थिर बनाउन २० अर्ब डलरको आर्थिक सहयोग प्याकेज घोषणा गरेको केही समयपछि ह्वाइट हाउसमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेसँग द्विपक्षीय भोजको क्रममा ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो । रासस/एएनआई