इजरायलसँगको युद्ध अन्त्य र गाजामा बेपत्ता रहेका सबै बन्धकको शव फिर्ता गर्ने अमेरिकी मध्यस्थतामा भएको सम्झौताप्रति हमासले आफ्नो पूर्ण प्रतिबद्धता दोहोर्याएको छ ।
निर्वाचन आयोग, नेपालले आर्थिक वर्ष २०८१–८२ का मुख्य काम, कारबाही र उपलब्धिहरू समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पेश गरेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर अहिले पनि ६ करोड ७३ लाख मानिस हरेक रात भोकै सुत्न बाध्य भइरहेको बताउनुभएको छ ।
बाँकेको राप्ती नदी छेउका विभिन्न स्थानमा बाढी पूर्व चेतावनी सूचनामा आधारित शीघ्र स्थान्तरण कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ ।
ताप्लेजुङमा खोल्सीको कालो सुनको नामले परिचित अलैँचीको मूल्य दसैँपछि वृद्धि हुँदै आएको छ । दसैँपछि प्रतिमन (४० किलोग्राम) पाँच सय र एकहजार रुपियाँको दरले अलैँचीको मूल्य वृद्धि भइरहेको हो ।
लमजुङको मध्मध्यनेपाल नगरपालिका–६ बिमिरे पानीबाट देखिएको भोर्ले बेँसी र पिस्ति किनारमा पहेँलपुर धान काट्दै किसान ।
आइसिसी टी–२० विश्वकपएसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसँग प्रतिस्पर्धा गर्दैछ ।
चारैतिर अम्रिसोले ढाकिएको हरियाली डाँडा । जहाँबाट देखिन्छ उत्तरका हिमशृङ्खलादेखि दक्षिण तराईका समथर भु–भाग । यही दृश्यले यतिबेला आन्तरिक पर्यटकलाई आकर्षिक गरिरहेको छ ।
पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेन-जेड कार्यकर्ताहरूको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गर्नु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका १० वटा घडियाल गोही प्राकृतिक बासस्थान निकुञ्जभित्र रहेको खौराहा खोलामा छोडिएको छ ।
७०औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले गोरखापत्रकर्मीसहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको छ।
विश्वका करिब ८० प्रतिशत गरिब अर्थात् झण्डै ९० करोड मानिस अहिले जलवायु परिवर्तनका आघातको प्रत्यक्ष जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।
शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज ३० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएवाले कृत्रिम बुद्धिमत्ता (एआई)ले विश्वव्यापी उत्पादनशीलता बढाउन सक्ने बताउनुभएको छ, तर यसले देशभित्र र देशबिच आर्थिक असमानता निम्त्याउने गम्भीर जोखिम पनि बोकेको छ ।