• ३१ असोज २०८२, शुक्रबार

नेपाल सामोआविरुद्ध पहिले ब्याटिङ गर्दै

blog

काठमाडौँ, असोज ३१ गते । आइसिसी टी–२० विश्वकपएसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो । नेपालले सुपर सिक्सको दुई खेल अगावै छनोट यात्रा तय गरेको थियो ।

आज सामोआलाई हराएमा नेपालले शीर्षस्थानमा रहँदै छनोट खेलको ट्रफी जित्नेछ । नेपाल यस प्रतियोगितामा समूह चरणदेखि नै अपराजित रहेको छ ।

नेपाल सोही लयलाई कायम राख्दै छनोटको पहिलो उपाधि जित्ने अभियानमा छ । यता सामोआ सुपर सिक्समा सान्त्वना जित निकाल्दै छनोट यात्रा सुखद् अन्त्य गर्न चाहन्छ ।