नेपाल कृषिप्रधान देश हो । हिमाल, पहाड र तराई मिलेर बनेको यो देशमा पर्याप्त सिँचाइ सुविधाको कमीले मनसुनमा आधारित खेती गर्नुपर्ने बाध्यता छ । हिउँदमा कम वर्षा र बर्खायाममा बढी वर्षा हुने गर्छ । हिउँदमा पश्चिमी वायुले र बर्खामा पूर्वी वायुले व
ज्योति पन्थीबबई (बर्दिया) जेठ १६ गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका कृषकहरूले दूध बिक्री गर्दा पाउनु पर्ने रकम भुक्तानी नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दर्ता गराउनु भएको छ ।गुलरिया नगरपालिका वडा न.३,५,७,८,९,१० का एक सय भन्दा बढी कृषकहरूले विगत चार महिना देखि आफूहरूले दूधको भुक्तानी नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दर्ता गराएका हुन ।बासगढी नगरपालिकाले बाँसगढी बजारमा सञ्चालनरत रहेको भट्टराई डेरी उद्योग प्रा.लीले गुलरिया नगरपालिकाको वडा नं. ८ गुलरिया बजारमा सञ्चालन गरेको दूध सङ्कलन केन्द्रमा बिहान बेलुका दूध दिँदा समेत आफूहरूले चार महिनाको भुक्तानी नपाएको कृषकहरूले बताउनु भएको छ । पटक पटक दूध बिक्री बापतको रकम माग गर्दा आफूहरूले भुक्तानी नपाए पछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दर्ता गर्नु परेको गुलरिया नगरपालिका वडा नं.९ का स्थानीय मनोज यादवले बताउनु भयो । कृषकहरूले भैसीपालनमा ठुलो रकम खर्च गर्नु पर्ने भए पनि डेरी सञ्चालन गर्दे आएका भट्टराई डेरी उद्योग प्रा.ली. बास गढीका सञ्चालक खेमराज भट्टराईले पैसा माग्दा समेत कृषकहरूलाई धम्क्याउने गरेको र फागुन महिना देखि अहिले सम्म भुक्तानी नपाएको गुलरिया नगरपालिका वडा नं. १० का रामराज यादवले बताउनु भयो । एक सय जना भन्दा बढी कृषक हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय पुगेका कृषकलाई जिल्ला प्रशासन कार्यालय बर्दिया प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले यस बारेमा आवश्यक छानबिन गरिने र कृषकको रकम दिलाएर मात्र छोड्ने बताउनु भयो । उता दुग्ध उत्पादन गर्ने कृषकहरूले रकम भुक्तानी नपाएको भनी प्रश्न गर्दा डेरी सञ्चालक खेमराज भट्टराईले पैसा नदिएको स्वीकार गर्दे उजुरी हाल्दैमा केही नहुने र रकम भुक्तानी गर्ने बारेमा पहल भई रहेको बताउनु भयो ।
आजको दिन, हाम्रा लागि विशेष दिन हो ।
विसं २०१४ मङ्सिर १२ देखि १४ गतेसम्म वीरगन्जमा नेपाली कांग्रेसको छैटौँ महाधिवेशन भएको थियो ।
गणतन्त्र स्थापनाको भावभूमि (२०५८–०६५), आजको धुमिल दृश्य र आगामी दिनमा यसलाई विश्वासमा बदलेर लोकप्रिय बनाउन के गर्नुपर्ला ? भन्ने विषयमा यहाँ साङ्केतिक विमर्श गर्न खोजिएको छ ।
बोमलाल गिरीनवलपुर, जेठ १६ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । राति परेको पानीले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाएपछि बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा गाडीहरू लामो जाममा परेका छन् भने यात्रु मारमा परेका छन् । खोलाले डाइभर्सन बगाएको यो तेस्रो पटक हो । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा पुल भाँचिएपछि डाइभर्सनमार्फत गाडी आवतजावत गराउने गरिएको थियो । खोलाले डाइभर्सन बगाएपछि अत्यावश्यक साधनलाई होङ्सी सिमेन्टको बाटो भएर आवतजावत गर्न लगाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औँ संस्करण सुरु भएको छ । जेठ १८ सम्म चल्ने महोत्सवमा संसारभरका ३० देशबाट ६५ भन्दा बढी चलचित्र प्रदर्शन गरिँदै छ ।
सरकारले इन्डोर र आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।
म्याग्दी, जेठ १६ गते । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यही जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरूसहित १४ जना विदेशी पाहुना नेपाल आएका हुन् । काठमाडौँमा बिहीबार आएका उनीहरू आज पोखरा र शनिबार नाच्याङमा आइपुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । “प्रथम आरोही मौरिसका छोरा माथिएस, नाति इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आउनुभएको हो”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने हीरक जयन्तीका सम्पूर्ण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।”फ्रान्सेली पर्वतारोही मौरिस र लुइस लाचेनले अक्सिजनबिनै सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा जेठ १७ देखि २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक जयन्ती मनाउन लागिएको हो । यसअघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी तवरबाट पोखरा र काठमाडौँमा समारोह आयोजना हुँदै आएका थिए । आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।हीरक महोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन दौड प्रतियोगिताको उद्घाटनसँगै मूल समारोहमा सहभागी हुन प्रधानमन्त्री आउने निश्चित भएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रधानमन्त्रीले आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावारण गर्नुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्राहलय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा हीरक जयन्ती मनाउन लागिएको हो । अन्नपूर्ण हीरक जयन्तीका अवसरमा ३० किलोमिटर लामो दूरीको म्याराथन दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ ।उक्त अवसरमा आधार शिविरमा शिलाखेलमा आरोहीहरूको अभिलेख राख्ने तयारी गरिएको अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । नारच्याङमा हुने मूल समारोहमा अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा पुख्र्यौली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य प्रस्तुतिसँगै अन्नपूर्ण हिमालका विदेशी तथा नेपाली आरोही र यस हिमालको प्रचारप्रसारमा योगदान दिने व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रमलाई समावेश गरिएको आयोजकले जनाएको छ । त्यसैगरी हीरक महोत्सवकै अवसरमा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उहाँका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गर्ने र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन गर्ने कार्यक्रमसमेत तय भएको छ ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ बिहीबारबाट काठमाडौँमा सुरु भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत स्वदेशी उद्योगको मागका आधारमा आवश्यक जनशक्ति उत्पादन गर्न पाठ्यक्रम परिमार्जन गरी ‘अन दी जब’ तथा
सप्तरी, जेठ १६ गते । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गर्नुभयो ।राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकहरुमा देखिएको सवारीसाधनको चाप कम हुने कार्यवाहक नगरप्रमुख परविनले बताउनुभयो । लामो समयदेखि बसपार्क सञ्चालनमा नआएका कारण बजार व्यवस्थित गर्न समस्या भएको उहाँले बताउनुभयो । यहाँ सञ्चालन भएको बसपार्कबाट लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनेछन् । “राजविराजका लागि यो ठूलो पूर्वाधार हो, यसबाट नगरलाई सुन्दर बनाउन मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।राजविराजमा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको थियो । पहिलोपटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, दोस्रो पटक २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र तेस्रो पटक २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्कको शिलान्यास गर्नुभएको थियो । चौथो पटक २०७४ सालमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गर्नुभएको थियो । त्यसपछि निर्माण कार्य सुरु भएको थियो ।पटक–पटक स्थानीय जग्गाधनीको अवरोध र निर्माणमा संलग्न ठेकेदारको ढिलाइका कारण बसपार्क निर्माण सम्पन्न हुन सकेको थिएन । राजविराज–२ राजदेवी मन्दिर नजिकै १९ हजार ६०० वर्गमिटरमा फैलिएको बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंकब्रान्च, प्रतीक्षालय, शौचालय, रेष्टुराँ, मिनिमार्केट, सभाहल, प्रहरी बिटलगायतका संरचना निर्माण गरिएका छन् ।सहरी विकास मन्त्रालयबाट रु १६ करोड ३८ लाख ९६ हजारमा ठेक्का पाएको सिनर्जी बिल्डर्स प्रालिले बसपार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजले गत वैशाख २३ गते एक कार्यक्रमबीच राजविराज नगरपालिकाका कावा नगरप्रमुख परविनलाई राजविराज बसपार्क हस्तान्तरण गर्नुभएको थियो ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत ८६ अर्ब एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ ।