• १ कात्तिक २०८२, शनिबार

पालिका स्तरीयर भलिबल प्रतियोगिता : आज सेमिफाइनका खेल हुँदै

blog

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १ गते ।
बयरघरी पिस युथ क्लबले भीरकोट नगरपालिका १ मा आयोजित पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा शनिबार सेमिफाइनलका खेल हुँदै छन् ।

यहाँ २३ गतेबाट जारी रमाइलो मेलामा आयोजित पालिका स्तरीय भलिबलमा समूह ‘बि’को बिजेता भीरकोट नगरपालिका र ‘ए’को उपबिजेता वालिङबिच बिहान ११ बजे खेल हुने छ ।

यस्तै दोस्रो खेल समूह ‘ए’को बिजेता पुतलीबजार नगरपालिका र समूह ‘बि’को उपविजेता बिरुवा गाउँपालिका बिच दिउँसो दुई बजे हुने रेफ्री संयोजक देवकुमार गुरुङले जानाकारी दिनुभयो ।

गत असोज २८ गतेबाट सुरु भएको खेलमा चार–चार पालिकाको दुई समूह बनाएर लीग खेल गराइएको थियो । प्रतियोगितामा अर्जुन चौपारी, बिरुवा, पुतलीजार, भीरकोट, वालिङ, तनहुको शुक्लागण्डकी लगायतका पालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिजेताले एक लाख १५ हजार, द्वितीयले ७० हजार, तृतीयले ४० हजार र सान्त्वनाले ३० हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ स्पाइकर, लिफ्टर, ब्लकर, लिब्रो, सर्वरले पुरस्कार पाउने छन् ।