• १ कात्तिक २०८२, शनिबार

एक्टिङ स्टार विजेता नवीनाको स्वागत

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, कात्तिक १ गते । अभिनयमा आधारित रियालिटी सो एक्टिङ स्टारको उपाधि विजेता नेपालगन्जकी नवीना रानाभाटको शुक्रबार नेपालगन्जमा भव्य स्वागत गरिएको छ । उपाधि जितेर पहिलो पटक नेपालगन्ज फर्किनुभएकी रानाभाटलाई नेपालगन्ज विमानस्थलमा बाँके कला केन्द्र नेपालगन्जको अगुवाइमा स्थानीय कलाकार, गायक, विद्यार्थी तथा सर्वसाधारणले भव्य स्वागत गरेर बाजागाजासहितको ¥यालीमार्फत नेपालगन्ज पु¥याइएको हो ।

 गत बुधबार राति सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा रानाभाटले सो उपाधि जित्नुभएको थियो । एक्टिङ स्टारको उपाधिसँगै नवीनाले १५ लाख, ट्रफी, वल्र्ड टुर र एउटा फिल्ममा अभिनयको अवसरसमेत पाउनुभएको छ । वरिष्ठ अभिनेता नीर शाहले नवीनालाई एक्टिङ स्टारको ट्रफी प्रदान गर्नुभएको थियो ।

 एक्टिङ स्टारको उपाधि विजेता रानाभाटले यो जित आफ्नो मात्र नभई आफूलाई भोट गर्ने तथा सहयोग समर्थन गर्ने सम्पूर्ण पश्चिम नेपालको जित भएको प्रतिक्रिया दिनुभयो । सो प्रतिस्पर्धामा फस्ट रनरअप भावना मगर र सेकेन्ड रनरअप इभा घिमिरे हुनुभएको थियो ।