मकवानपुरको बकैया र हेटौँडामा करेन्ट लागेर दुई जना घाइते हुनुभएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६, बेलबोट शुक्रबार दिउँसो करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका बस्ने २१ वर्षीय आयुष लामा घाइते हुनुभएको हो ।
नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठुलो चाड तिहारको पहिलो दिन धनतेरस पर्व मनाइँदै छ ।
बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण पूरा गरी निसीखोल गाउँपालिका र गलकोट नगरपालिका फाइनमा खेलमा प्रवेश गरेको छ ।
मैवाखोला गाउँपालिकाका पहिरो पीडितहरूको स्थायी पुनर्बासका लागि बाटो खुला भएको छ । शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले स्थायी पुनःस्थापनाको प्रक्रियालाई स्वीकृत गरेसँगै बाटो खुल्ला भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।
अत्यन्त न्यून तलब भत्ताबाट काम गर्नुपरेको भन्दै देशभरका विभिन्न अस्पतालमा आन्दोलनरत नर्सहरूको मागका विषयमा छलफल भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ ।
तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन न्यून भएकाले सयपत्रीको माग धेरै बढेको छ । पूर्वी मकवानपुरको बकैयाका व्यवसायी नारायण घिमिरेलाई यतिबेला सयपत्री फूल बिक्री गर्न भ्याइनभ्याई भएको छ ।
आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालय सदरमुकाम बागलुङ बजारबाट काठेखोला गाउँपालिका– ५ बिहुँकोटमा सारिएको छ ।
गुल्मीमा हुने बजार अनुगमन नामको मात्रै र कर्मकाण्डी जस्तै हुने गरेको छ । चाडपर्वको समयमा गरिने अनुगमन देखावटी मात्रै हुने गरेको पाइएको हो ।
रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ्गशिल्ड जनबोध माविले जितेको छ । अहिलेसम्म जनबोधले लगातार छ पटक राष्ट्रपति रनिङ्गशिल्ड जितेर शिल्ड कब्जा गरिरहेको छ ।
वर्षौपछि सञ्चालनमा ल्याइएको बागलुङ बसपार्कमा चहलपहल बढेको छ । बस सञ्चालन गर्न सम्झौता भएपछि मानिसको आवतजावत र बसहरु पूर्णरुपमा सञ्चालनमा आउन थालेका छन् ।
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ ।