नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक १ गते । बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण पूरा गरी निसीखोल गाउँपालिका र गलकोट नगरपालिका फाइनमा खेलमा प्रवेश गरेको छ ।
शनिबार बिहान भएको पहिलो सेटको सेमिफाइनल खेलमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाबिच भएको खेलमा ढोरपाटन नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै निसीखोला फाइनलमा प्रवेश गरेको हो भने अर्को खेल गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाबिच भएको दोस्रो सेटको सेमिफाइनलमा खेलमा काठेखोला गाउँपालिकालाई ३–० सेटले पराजित गर्दै गलकोट नगरपालिका फाइनल खेलमा प्रवेश गरेको हो ।
आज भएको सेमिफाइनल खेल शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियोे । जिल्ला भलिबल सङ्घका उपाध्यक्ष किशोर थापाका अनुसार फाइनल खेल आज दिउँसो २ बजेपछि सुरु हुने बताइएको छ ।
खेल गते बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दस वटा पालिकाका भलिबल टिमको सहभागिता छ । अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजित यस प्रतियोगिताको विजेता टिमले ट्रफी र मेडलसहित दुई लाख, उपविजेताले एक लाख, तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार र सान्त्वना हुने टिमले २५ हजार पुरस्कार पाउने छन ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई पाँच हजार र अन्य विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई पाँच हजार प्रदान गरिने समाजका सचिव एवम् प्रतियोगिताका संयोजक राजु थापाले बताउनुभयो ।