नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ ।
स्याउ खेतीमा स्थानीयको आर्कषण तथा खेती विस्तारसँगै यस वर्ष मुस्ताङबाट एक अर्ब १० करोड बराबरको स्याउ बिक्री भएको छ।
इजरायलले गाजाबाट हराएका अर्को बन्धकको शव प्राप्त गरेको छ । यो शव हिंसात्मक समूह हमासले रेडक्रसलाई हस्तान्तरण गरेको हो ।
मेक्सिको र युरोपियन सङ्घबिचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि लागु हुने भएको छ । मेक्सिकोकी राष्ट्रपतिले शुक्रबार यस विषयमा जानकारी दिनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सकारात्मक परिवर्तन हुनु अनिवार्य रहे पनि भत्काउने र विध्वंस गर्ने परिवर्तन देशलाई नचाहिएको बताउनुभएको छ ।
जनकपुरधामको सोनारपट्टीस्थित ज्वेलर्स पसलमा प्रहरीले गरेको छापामारीपछि व्यापारी र प्रहरीबिच गएराति भएको झडपमा प्रहरी र उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् ।
मनाङको ङिस्याङ गाउँपालिका ४ र ९ जोड्ने हुम्दे खाङसरमा कालोपत्रे भएको १० किलोमिटर सडक र पृष्ठभूमिमा देखिएको तिलिचो हिमाल ।
स्याङ्जामा तिहार पर्वमा जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको हो ।
पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा हवाई कारबाही गरेको भोलिपल्ट, दुवै देशका उच्चस्तरीय प्रतिनिधिबिच शनिबार कतारको दोहामा वार्ता हुने भएको छ ।
बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकाले बुहप्रकोप साइरन उपकरण जडान गरेको छ । चन्दननाथ नगरपालिका–६, घामडाँडामा जडान गरिएको साइरनले करिब एक किलोमिटर वरिपरिका बस्तिका नागरिकलाई सूचना दिनेछ ।
चालु आर्थिक वर्ष २०८२-८३ को सुरुवाती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित काली मन्दिरमा तिहारको अवसरमा कार्तिक ३ गतदेखि ६ गतेसम्म तीन दिने तथा दुई देशीय कुस्तीको तयारी भएको छ ।
सर्लाहीको हरिपुरमा आयोजित दोस्रो मेयर कपको उपाधि वडा २ ले हात पारेको छ । वडा ३ लाई ३–० ले पराजित गर्दै हरिपुर नगरस्तरीय मेयर कपको उपाधि वडा २ ले जितेको हो ।
नेपालले कात्तिक ७ गते इरान र १० गते भारतसँग सिलोङमा खेल्ले मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोलीको घोषणा भएको छ ।