• १ कात्तिक २०८२, शनिबार

‘साम्बा’ को कप्तानीमा महिला फुटबल टोलीको घोषणा

blog

काठमाडौँ, कात्तिक १ गते । नेपालले कात्तिक ७ गते इरान र १० गते भारतसँग सिलोङमा खेल्ले मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोलीको घोषणा भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यु–२० राष्ट्रिय टोलीका पूर्णिमा राई र मीना देउवालाई समेट्दै सावित्रा भण्डारी ‘साम्बा’ को कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो । 

मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो । 

नेपालको महिला टोली 

सावित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता रानामगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ ।