मकवानपुर समाचारदाता
मकवानपुर, कात्तिक २ गते । मकवानपुरमा क्रियाशील रहेको साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा डिबी बर्तौला पुनः निर्वाचित हुनुभएको छ । संस्थाको यहाँ सम्पन्न १७ औँ अधिवेशनले बर्तौलालाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्ष मनोज पोखरेल, सचिव रजनी पौडेल, सहसचिव भवानी तिम्सिना र कोषाध्यक्ष सञ्जित श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यमा मिथिला अधिकारी, कमल नेपाल, विविधा रुम्बा र विधान आचार्य चयन हुनुभएको छ ।
कायक्रममा अग्रज साहित्यकार नवराज शर्माले डा. गणेश लामाले स्थापना गर्नुभएको डा. गणेश लामा विज्ञान प्रतिभा सम्मानबाट रिविजन हुमागाईंलाई प्रदान गर्नुभएको थियो । हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा विज्ञान सङ्काय अध्ययन गरी कक्षा १२ मा ३.९१ जिपिए हासिल गरेका हुमागाईंलाई सम्मान गरिएको हो ।
यस्तै संस्थाले तीर्थदेवी सिलवाल र नवराज शर्मालाई सङ्गम सम्मान तथा पत्रकार सुजन ढकालसहित सहयोगी संस्था र व्यक्तिहरूलाई सम्मान गरेको छ । सो अवसरमा सौरभ मुखपत्र सार्वजनिक गरिएको थियो ।