इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार एक सार्वजनिक वक्तव्यमा गाजामा जारी द्वन्द्वको अन्त्य हमासको निःशस्त्रीकरण र गाजा क्षेत्रको असैनिकरण नभएसम्म सम्भव नहुने बताउनुभएको छ ।
फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैधरूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ ।
बारामा आज बिहान २ बजे मोटरसाइकल अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ ।
नेपालीहरुको दोस्रो महान् चाड दिपावाली नजिकिएसँगै बेनीघाट–आरुघाट–लार्के सडकको पाङसिङसम्मको सडक सुचारु भएको छ ।
उत्तरी गोरखाको चुमनुबी गाउँपालिकाको मनास्लु क्षेत्र घुम्न आउने पर्यटकहरूको घुइँचो लाग्न थालेको छ ।
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति हुनुभएका उपरथी गणेशकुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडाैँ जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सिक्सेसका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ। हङकङ सिक्सेस खेल्ने नेपाली टिममा सन्दीप जोरा, लोकेश बम, बसिर अहमेद, अदिल आलम, रशिद खान र रुपेश सिंह समेटिनुभएको छ।
कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् ।
राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती आइतबार नेपालगन्जमा मनाइएको छ ।
दैलेखमा मुख्य बजारदेखि स्थानीय बजारमा प्लास्टिकले बनेका मालाको बिक्री बढेको छ ।
सप्तरीको विष्णुपुर गाउँपलिक-३, मुसहर्नियामा एक युवकलाई करेन्ट लागेर मृत्यु भएको छ।