भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप पचास वटा रुग्ण ठेक्का तोड्ने प्रव्रिmया सुरु गरेको छ ।
नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदै छ । आइतबार दिउँसो इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा स्वर्गीय विपिनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेर शव नेपाल पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीले जनाएको छ ।
धौलागिरि हिमाल आरोहणबाट चालु शरदयाममा ७६ लाख भन्दा बढी राजस्व संकलन भएको छ ।धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका ३६ जनाबाट हालसम्म ५४ हजार अमेरिकी डलर अर्थात ७६ लाख २० हजार एकसय पचास रुपियाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ ।
नर्सका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको बैठकले आन्दोलनरत नर्सलाई सम्मानजनक काममा फर्काउन समिति गठन गर्ने सहमति गरेको छ।
जब मानिसले कुनै कार्यमा ध्यान केन्द्रित गर्छ, त्यसबेला मस्तिष्कले केवल फरक ढङ्गले नसुनी स्मार्ट रूपमा पनि सुन्छ भन्ने तथ्य हालैको अध्ययनले पुष्टि गरेको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ ।
मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ।
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताउनुभएको छ।
गृह मन्त्रालयले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, आपूर्ति व्यवस्थापन, अनुगमन निरीक्षण र कार्यक्रममा सहभागिता एवम् व्यवस्थापनलगायत विषयमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
ताप्लेजुङमा दसैँपछि बढ्न थालेको अलैँचीको मूल्य प्रतिमन अठासी हजार रुपियाँ पुगेको छ। दसैँ अघिसम्म प्रतिमन (४० किलोग्राम) ८० हजार रुपियाँमा कारोबार हुँदै आएको अलैँचीको मूल्य बढेर आइतबार ८८ हजार रुपियाँ पुगेको हो।
आदिवासी जनजाति आयोगले कार्यसम्पादनका क्रममा सामना गर्न परेको संवैधानिक, कानुनी, प्रशासनिक र आर्थिक समस्या तथा यसले ल्याएको चुनौतीका सन्दर्भमा सरकारलाई सात बुँदे सुझाव पेस गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित मज्गैमा काटिएको धान स्याहर्दै किसान । दाङमा कृषकहरू अहिले धान काट्ने, भित्र्याउने र स्याहारसुसार गर्ने काममा खेतमा व्यस्त देखिन्छन्।
नर्भिक इन्टरनेसनल अस्पतालले नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो ।
ताप्लेजुङमा तिहारको रौनक सुरु भएको छ। तिहार पर्वको आगमनसँगै सदरमुकाम फुङ्लिङ बजार र गाउँघरमा देउसी भैलो नाचको रौनक सुरु भएको हो।