यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा नयाँ नागरिकताको प्रमाणपत्र वितरण दरभन्दा राहदानी वितरण धेरै देखिएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो ।
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना यात्रु घाइते भएका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना भएको हो ।
कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।
गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।
नेवार समुदायले आइतबार शिथिः नखः पर्व मनाएका छन् । नेवार समुदायले आज शिथि नखः पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
लमजुङको विभिन्न गाउँमा निलो माखा जस्तो देखिने किराको प्रकोप बढेपछि स्थानीय चिन्तित बनेका छन् । जिल्लाको बेसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाको विभिन्न गाउँमा नयाँ प्रजातिको किराको प्रकोप देखिएको हो ।
अस्ट्रेलियाली स्वास्थ्य तथा कल्याण संस्थानको नयाँ रिपोर्टअनुसार विगत एक दशकमा अस्पताल भर्ना हुने दर तीव्र गतिमा बढेको छ ।
बाजुराको बडिमालिका–७ को जडाङ्गा र ४ ओलेना जोड्ने बुढीगङ्गा नदिमा राखेको बेलिब्रिज पुल आर्थिक अभावका कारण लामो सयमदेखि थन्किदै आएको छ ।
रुपन्देहीको रोहिणीमा स्थापित नेपालकै ठुलो प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ ।
जिल्लाका उच्च स्थानमा आइतबार हिमपात भएको छ । शनिबार राति वर्षा भएपछि जिल्लाका उच्च स्थानमा हिमपात भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यस प्रदेशको १६ वर्षमुनिका क्रिकेट खेलाडीको टोलीलाई आइतबार बिदाइ गर्नुभएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ ओकरेमा च्याउ खाँदा बाबुछोरा बिरामी भएका छन् । मकवानपुरगढी गाउँपालिका–८ ओकरे बस्ने वर्ष ६१ को वीरबहादुर तितुङ र निजका आठ वर्षीय छोरा वसन्त तितुङ च्याउ खाएर बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।