शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २ गते । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली आर्सनल र म्यानचेस्टर सिटीले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले फुलहामलाई १–० गोलले हरायो । पाहुना टोली आर्सनलको जितमा लियान्ड्रो ट्रोसार्डले ५८औँ मिनेटमा निर्णायक गोल गर्नुभयो ।
जितसँगै आठ खेलबाट १९ अङ्क बनाएको आर्सनल शीर्षस्थनमा छ । पराजित फुलहम समान खेलबाट आठ अङ्क जोड्दै १४औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १६ अङ्क छ ।
शनिबार राति नै भएको खेलमा सिटीले एभर्टनलाई २–० गोलले हरायो । सिटीको जितमा दुवै गोल अर्लिङ हालान्डले गर्नुभयो । तेस्रो स्थानमा रहेको लिभरपुलको सात खेलबाट १५ अङ्क छ । एजेन्सी