वसन्त पराजुली
नारायगढ असोज २ गते । प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले अग्रजहरुले राखेको यस र कृतिमा हानी पुर्याउने अधिकार कसैमा नभएको बताउनुभएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरमा प्रशिक्षण लिई आइतबार यहाँ दिक्षान्त भएका १७९ औँ समूहका जुनियर प्रहरी अधिकृत (असई)हरूलाई निर्देशन दिँदै महानिरीक्षक खापुङले सो हानी गर्ने दुश्साहस कतैबाट नहोस भनि चेतावनी पनि दिनुभयो ।
“नागरिकको तल्लो तहमा बसेर प्रहरीले काम गर्ने भएकाले सरकार र राज्य उपरको गुनासो र असन्तुष्टिको पहिलो प्रतिकृया र प्रहार सामना गर्न हामी बाध्य भएका छौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भोग्नु परेको व्यक्तिगत र सङ्गठनिक क्षति पनि यसैको प्रतिबिम्ब हो”, उहाँले थप्नुभयो, “हाम्रा अग्रजहरूले राखेको यस र कृतिमा हानी पुर्याउने अधिकार कसैमा छैन । त्यो दुश्साहस कतैबाट नहोस भनेर सबैमा सचेत गराउन चाहन्छु ।”
उहाँले सुरक्षा एक अनुभूति भएको उल्लेखगर्दै आम नागरिकले प्रहरी प्रति बनाएको धारणाले मात्रे पनि सुरक्षामा गहिरो अर्थ राख्ने स्पष्ट पार्नुभयो ।
“हाम्रो उपस्थितिले मात्रै नागरिकरले सुरक्षाको प्रत्याभूति गर्दछ । समाजका हरेक घटनाको ‘फस्ट र स्पिन्डल’ हामी नै भएको र कानुन कार्यन्वन र जनचेतना अभिवृद्धिमा हामी नै अग्रपङ्तीमा रहने भएकाले प्रहरी नै निशाना बन्ने गरेको छ”, उहाँको गुनासो छ ।
प्रहरी सेवा जागिर र व्यवसाय मात्रै नभई एउटा जीवन शैली भएको उल्लेख गर्दै उहाँले जहाँ हामीलाई हरेक पलमा अथक प्रयास निरन्तर समर्पण आवश्यक छ । अदम्ब्य साहसका साथ अगाडि बढ्न दिक्षीत भएर जाने जुनियर प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।
तालिममा पसिना बगाउनेले लडाईमा ज्यान बचाउने धारणा राख्दै उहाँले आधारभूत ज्ञान र सिपले कार्य क्षेत्रमा व्यावसायिक सफलता मिल्ने धारणा पनि राख्नुभयो ।
उहाँले प्रहरी सङ्गठन गौरवशाली सङ्गठन भएको उल्लेख गर्दै बर्दि र पदका आडमा रमाउने चरित्र बोकेर नहिँड्न प्रहरीहरूलाई निर्देशन पनि दिनुभयो ।
“बर्दी र पदका आडमा रमाउने चरित्र बोकेर नहिँड्नु होला । यसरी हिँड्नुभयो भने आफूसँगै आफ्नो परिवार र सङ्गठनको सपना र सम्मान तुहाउने पात्र हुनुहुने छ”, उहाँले भन्नुभयो ।
बलेको दियोले मात्रै आक्रो निभेको दियोलाई बाल्न सक्ने उल्लेख गर्दै उहाँले यसपालिबाट प्रज्वलित हुनुभएका तपाईंहरूले कार्य क्षेत्रमा अन्य सहकर्मीहरूलाई समेत उर्जा दिन सक्षम हुनुहुने उहाँले बताउनुभयो ।
आत्मविश्वासका साथ जिम्मेवारीमा सफलता प्राप्त गर्नुहोस भन्ने सुभेच्छा पनि उहाँले दिक्षीत जुनियरर प्रहरी अधिकृतहरूलाई दिनुभयो ।
नेपाल प्रहरी शिक्षालय भरतपुरमा तालिम लिई रहेका १७९ समूहका ५७ जना महिला सहित ३७७ जना कार्यक्रमका बिच दिक्षीत भएका हुन् । उनिहरूलाई शिक्षालयका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले दिक्षीत गराउनु भएको थियो ।