• २ कात्तिक २०८२, आइतबार

चार हजार आठ सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ, कात्तिक २ गते । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रति तोला चार हजार आठ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रति तोला दुई लाख ५३ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । 
यसअघि शुक्रबार दुई लाख ५८ हजार रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ७५ रुपियाँ घटेको हो । शुक्रबार प्रतितोला तीन हजार ३५० रुपियाँमा कारोबार भएको चाँदी आज तीन हजार २७५ रुपियाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।