• २ कात्तिक २०८२, आइतबार

झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

blog

दिपकप्रसाद गौतम 
वीरगञ्ज, कात्तिक २ गते ।
वीरगञ्जमा दिपावलीको लागि झिलिमिली बत्ती ( झालरबत्ती) लगाउने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । दिपावलीका लागि घर सजाउन झिलिमिली बत्ती (झालरबत्ती) लगाउने क्रममा अचानक शरीरमा विद्युत प्रवाह भएर सख्त घाइते भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार शनिबार साँझ करिब ६ बजे पीयूष आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती (झालरबत्ती) जडान गरिरहनुभएको थियो । सोही क्रममा अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी सख्त घाइते हुनुभएको थियो ।

अचेत अवस्थामा रहेका उहाँलाई स्थानीयले तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्‍याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

छपकैया बजार निवासी लालु साह तेलीका छोरा पीयूष मृत्युले दिपावलीको उल्लासमय वातावरण शोकमय भएको छ । प्रहरीले आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन भिललिमिली बत्ति जडान गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।