पर्यटन नगरी पोखरामा तिहारको रमझम सुरु भएको छ । दशकअघिसम्म ८० प्रतिशतसम्म फूल आयात गर्ने पोखरेलीको माग यसपालि स्थानीय फूलले नै धान्ने भएको छ । फूल खेतीमा स्थानीय आकर्षणसँगै स्थानीय सरकारको साथ र सहयोगले पोखरा तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलमा आत्मनिर्भर हुने अवस्थामा आइपुगेको छ । पोखरा महानगरपालिकाभित्र तीन सयभन्दा बढी कृषकले फूल खेती गरिरहेका छन् । महानगरपालिकामा तीन सय रोपनीमा फूल खेती गरिएको महानगरपालिकाको
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरी प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दीर्घरोगका बिरामीका लागि चाहिने औषधी नभएको भन्ने पाइएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुभ दीपावली (तिहार), नेपाल संवत र छठ पर्वलाई आपसी सद्भाव, सौहार्द र मर्यादित तवरले मनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ ।
यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ ।
सर्लाहीको चुरेवर्ती सबै भेगमा यातायातका साधन सञ्चालनमा आएका छन् । दसैँको समयमा अविरल वर्षा हुँदा खोलामा बाढी आएर पैदल हिँड्नसमेत सास्ती खेपेका चुरेवर्ती क्षेत्रका स्थानीयलाई अहिले भने बस, बोलेरो, ट्याक्टर, मोटरसाइकललगायत सवारीसाधन सञ्चालन हुन थालेपछि सहज भएको छ । सडक सञ्जालमा नजोडिएको चुरेवर्ती क्षेत्रमा खोलाको बगरबाट बाटो बनाएपछि यातायातका साधन सञ्चालन गर्न सम्भव भएको हो ।
भारतको विहार राज्यमा यही कात्तिक २५ गते हुन गइरहेको विहार विधान सभा निर्वाचनलाई दृष्टिगत गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउनका लागि दुवै देशका सुरक्षा अधिकारीले आइतबार संयुक्त रूपमा बैठक बसेको छ ।
धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु भएको छ । जगद्गुरु बालसन्त मोहनशरणले स्थानीय धार्मिक र पौराणिक सम्पदाको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा यस वर्ष पनि कात्तिक १ गतेदेखि सुरु भएको छ । बृहत्तर वराहक्षेत्रभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, तीर्थहरूको प्रवर्धन, प्रचार उजागर गर्ने उद्देश्यले पदयात्राको सुरु गरिएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिनुभयो ।
नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै धनकुटा छोटे सार्कीलाई यतीबेला मादल बनाउन भ्याइनभ्याई छ । गएका वर्ष झै तिहारमा मनोरञ्जनका लागि बजाइने मादल यस वर्ष पनि माग बढेसँगै मादल बनाउन उहाँलाई भ्याइनभ्याई भएको हो ।
इलामको माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधिको १५ दिनको भत्ता तथा कर्मचारीको दुई दिनको तलब बराबरको रकम स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिने भएको छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका बाढीपहिरोका हिसाबले सुरक्षित क्षेत्र मानिन्छ । जिल्ला विपत् प्रतिकार्य योजना पुस्तिकामा रास्कोट नगरपालिका–७ र ८ बाहेक अरू क्षेत्र सुरक्षित छ भनेर उल्लेख छ । नगरपालिका–३ को साँगाटिया बस्ती भने पहिरोको उच्च जोखिममा रहेको २०७९ असोजमा आएको हिउँदे झरीले पुष्टि गरिसकेको छ ।
यहाँका ग्रामीण सडक मर्मत गरेपछि आउजाउमा सहज भएको छ । स्थानीय सरकार, प्रदेश तथा सङ्घीय सरकारको बजेटबाट खनिएका ग्रामीण बस्तीका सात वटा सडक धमाधम मर्मत भएपछि सहज भएको हो ।
कैलालीमा आधाभन्दा बढी हुलाकी राजमार्ग स्तरोन्नतिको काम सकिएको छ । कुल ९५.७ किलोमिटर रहेको यो जिल्लामा करिब ७० किलोमिटर स्तरोन्नतिको काम सकिएको हो । आर्थिक वर्ष २०७७/७८ बाट हुलाकी राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेन हुने गरी कालोपत्रे गर्ने कार्य जारी रहेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाल बहुसांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर राष्ट्र भएको बताउनुभएको छ ।
पहिरोको उच्च जोखिममा रहेको चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोला क्षेत्रमा बत्ती नहुँदा जोखिम बढेको छ । गत असोज महिनाभर पहिरोले दुःख दिएको स्थानमा रात्रिकालीन यात्रा गर्दा अझै पनि जोखिम कायमै रहेको छ ।
वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक ज्योतिपुञ्ज युवा क्लव, रामपुर र डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव गिरुबारीबिच प्रतिस्पर्धा हुने भएको छ ।