न्यूजील्याण्डको वार्षिक मुद्रास्फीति सन् २०२५ को सेप्टेम्बर त्रैमासिक अवधिसम्ममा ३ प्रतिशत पुगेको छ, जुन अघिल्लो जुन त्रैमासमा २.७ प्रतिशत थियो ।
जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ ।
कवि ईश्वर थोकरको नवौं कृति ‘आमा’ सार्वजनिक भएको छ । कवि थोकरले साथीभाइबिच आफ्नो कृति सार्वजनिक गर्नुभएको हो । कवितासङ्ग्रह आमामा १४ कविता संग्रहित छन् । कविताकृति आमाकै शीर्षकमा १४ कविता प्रस्तुत गरिएको छ ।
तिहार र दिपावलीको बेला बाँकेमा ठुलो परिमाणको हारजित हुने गरी खेलिने गरेको जुवातासको विकृति विरुद्ध कडा अभियाननै चलाएको प्रहरीले कोहलपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा गरेको योगदानको बारेमा हेटौँडामा कार्यक्रम गरी चर्चा गरिएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज एक वृद्धको मृत्यु भएको छ ।
सरकारले धानको समर्थन मूल्य तोके पनि किसानले सर्मथन मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य छन् । स्थानीय व्यापारीले धानको मूल्य कम लगाउँदा सर्मथन मूल्यभन्दा एक हजार सस्तोमा किसानहरू धान बेच्न बाध्य भएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा पक्राउ परेका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले कात्तिक महिनामा ३ अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने भएको छ ।
तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ।
तिहारको तेस्रो दिन कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग गर्ने तालिम प्राप्त कुकुरहरूको सोमवार विधिवत् पूजा गरिएको छ ।
रुखबाट खसे बाँचिन्न । दिनभर टिपेपछि बल्ल एक डोका पुग्छ । इस्मा गाउँपालिका-५, रजस्थलकी ४० वर्षीया सरस्वती कुमाल हरेक तिहारमा चिउरीका पात बोकेर तम्घास बजार आउनुहुन्छ ।
विद्यालयमा हुने लैङ्गिक हिंसा रोकथाम र लैङ्गिक समानता प्रवर्धनका लागि टुकी सङ्घ सुनकोशीले सुनकोशी गाउँपालिका जनप्रतिनिधि, कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
दुबै मृगौला फेल भएर सिकिस्त बिरामी हुनुभएका वरिष्ठ लोक गायक कमल विके निर्मोहीलाई ५१ हजार राशीको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” प्रदान गरिने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले सुपथ मूल्य पसलबाट एक हजार ४८० क्विन्टल चामल बिक्री गरेको छ ।