देशका धेरैजसो पालिकामा प्लास्टिकका मालाको बिक्री वितरणमा प्रतिबन्ध लगाइए पनि नेपालगन्जमा प्रतिबन्ध नलगाउँदा जताततै खुला रुपमा कृत्रिम फूल मालाको कारोबार भइरहेको छ।
नेपाल सरकारले साउनमै धानको समर्थन मूल्य निर्धारण गरे पनि किसानले त्यो मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न पाएका छैनन् ।
मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताउनुभएको छ ।
पैदलयात्रुलाई ठक्कर दिई फरार ग१ज ७११० नम्बरको जिप र यसका चालक २८ वर्षीय सुशील सुनारलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ ।
कैलालीको टिकापुर नगरपालिका-१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज उहाँका लागि मात्र होइन गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ ।
यस वर्षको तिहारमा नेपालमै उत्पादित फूलले बजार पाएको फूल व्यवसायीले बताएका छन् ।
प्रहरी चौकीको भवन निर्माणका लागि सल्यानमा एक व्यक्तिले दुई रोपनी जग्गा दान गर्नुभएको छ ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तिर्थस्थल दामोकरकुण्डमा अध्ययन केन्द्र बनाइने भएको छ ।
मोडर्न कन्या मल्टिपल कलेज, काठमाडौँले आज एक कार्यक्रम आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती मनाएको छ ।
बर्दियामा असोज मसान्तसम्म चार सय चार जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै आठ वटा अमूल्य शाही गहना चोरी भएको घटनापछि फ्रान्सेली प्रहरीले चोरको खोजी तीव्र बनाएको छ ।
जनवादी गणतन्त्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन आर्थिक योजना र नीतिगत दिशा तय गर्न सोमबारदेखि चार दिने उच्चस्तरीय बैठक सुरु गरेको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
हालसालै बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै श्रीलङ्काको सडक विकास प्राधिकरणले तीन वटा पहाडी प्रदेशका खतरनाक सडक छेउमा सुरक्षाका लागि बार जडान गर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि पनि युद्धविराम कायम रहेको बताउनुभएको छ ।