शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कोलम्बो, कात्तिक ३ गते । हालसालै बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै श्रीलङ्काको सडक विकास प्राधिकरणले तीन वटा पहाडी प्रदेशका खतरनाक सडक छेउमा सुरक्षाका लागि बार जडान गर्ने भएको छ ।
सडक सुरक्षा तथा सवारी व्यवस्थापन विभागका उपमहानिर्देशक के.चन्द्रकुमारका अनुसार पहिलो चरणमा उवा, सबरगमुवा र केन्द्रीय प्रदेशमा काम सुरु हुने छ । उहाँले जानकारी दिनुहुँदै भन्नुभयो, “पहिचान गरिएका उच्च जोखिमयुक्त स्थानमा करिब ५० किलोमिटर लम्बाइको फलामको सुरक्षात्मक बार जडान गरिने छ ।” रासस÷सिन्ह्वा