ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गर्नुभएको छ।
देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकासँग करिब २८ लाखभन्दा बढी नगद र तासका बुक बरामद गरिएको प्रहरीले जनाएको छ।
ताप्लेजुङको हिमाली क्षेत्र लेलेपको फले र घुन्सामा स्याउ लटरम्म फल्न थालेको छ । स्थानीयका अनुसार तीन वर्षअघि परीक्षणका लागि रोपिएको स्याउ अहिले लटरम्मै फल्न थालेको हो ।
हमासले हत्या गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर लगिएको छ ।
तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ हलचोकबाट देखिएको काठमाडौँमा बत्तीको झिलिमिली ।
तिहारको अवसरमा सोमबार यहाँ सेल पकाउने प्रतियोगिता गरिएको छ।प्रतियोगिताको एक कार्यक्रमका बीच नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले उद्घाटन गर्नुभयो।
तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिर । सर्वसाधारणहरूले मन्दिर प्राङ्गणमा दीप पनि बालेका छन् ।
चाडपर्व मनाउन गाउँ फर्किएका युवापुस्ताले परम्परागत पिङ संस्कृतिलाई संरक्षण गर्न जुटेका छन् । लिङ्गे, चमच्चा(रोटेपिङ) र देउसी भैलोले ग्रामीण वस्तीमा रमाइलो वातावरण बनेको छ ।
तिहार सुरु भएसँगै दाङमा पुष्प व्यवसाय गरेका किसानलाई फूल टिप्नदेखि माला उन्नका लागि भ्याइनभ्याइ छ ।
रसुवाको रसुवागढीस्थित ल्हेन्दे खोला र भोटेकोसी नदी मिसिने सङ्गमस्थल । गत असार २३ गते नदीमा आएको बाढीले रसुवागढी नाकाको पुल बगाएकोमा अहिले नदीमा पानीको सतह घटेसँगै बेलीब्रिज निर्माण कार्यमा सहज भएको छ ।
तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न रहेका युवा उद्यमी एवं समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित हुनुभएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाले १० लाख बराबरको सहयोग प्रदान गरेको छ ।
इजरायलमा निधन भएका नेपाली नागरिक स्वर्गीय विपिन जोशीप्रति प्रधानमन्त्री सुशीला कार्कीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
हमासले हत्या गरेको कञ्चनपुरका विपिन जोशीको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ।
सप्तरीको खडक नगरपालिकामा सोमबार पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। नगरपालिका– १० डेङग्राही घर भएका १२ बर्षीय सर्बस चौधरीको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो।