चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ ।
पाल्पामा वृद्धा महिलाको कुटपिट गरेर हत्या गरिएको छ । जिल्लाको माथागढी–४, देउगीरका ६७ वर्षकी फूलमाया जिसीको कुटपिट गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
मुनाका सम्पादक भवानीप्रसाद सुवेदीलाई पितृ शोक परेको छ । उहाँका बुवा पुण्यप्रसाद सुवेदीको कात्तिक १ गते ९३ वर्षको उमेरमा काठमाडौँको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको हो ।
भारतीय अभिनेता–निर्देशक गोवर्धन असरानीको निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएको ८४ वर्षीय अनरानीको सोमबार मुम्बईस्थित निधि अस्पतालमा निधन भएको हो ।
अपाङ्गता भएका पर्यटकहरूको सहजता र पहुँच सुनिश्चित गर्न अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा गर्न लागिएको छ ।
नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ ।
पछिल्लो समय कैलालीका किसान व्यवसायी पुष्प खेतीप्रति आर्कर्षित हुँदै गएका छन् । पुष्प खेतीबाट आकर्षण आम्दानी हुन थालेपछि पुष्पखेती गर्नेहरुको सङ्ख्या बढ्दै गएको हो ।
तनहुँको म्याग्दे गाउँपालिका–४, छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको एक किराना पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
गुल्मीमा उत्साहजनक रूपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य अगाडि बढेको पाइएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेसँगै जिल्लामा पनि उत्साहकजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता गराउन थालेको पाइएको हो ।
जुवा खेल्ने उपर प्रहरीले पक्राउ गर्न सक्रियता बढाएको छ । सोमबार राति मात्रै प्रहरीले चितवनको दुई स्थानमा छापा मारेर २१ जनालाई पक्राउ गरेको छ ।
गोरखाको गण्डकी गाउँपालिका – १ मकैसिङ निवासी ४२ वर्षीय दिनेश अधिकारी त्रिशुली नदीमा हामफाले बेपत्ता हुनुभएको छ ।
जुम्लामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ६९ वटा सम्बन्ध विच्छेदका उजुरी परेकोमा ४८ वटा फछर्याैट भएको र २१ वटा प्रक्रियामा रहेको जिल्ला अदालत जुम्लाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाम विभिन्न मुद्दामा फरार रहेका ५४ जना व्यक्तिलाई पक्राउ गरी अदालतमा पेस गरेको जनाएको छ ।
वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ ।