• ४ कात्तिक २०८२, मङ्गलबार

मुनाका सम्पादक सुवेदीलाई पितृशोक

blog

स्व. पुण्यप्रसाद सुवेदी

काठमाडौँ, कात्तिक ४ गते । मुनाका सम्पादक भवानीप्रसाद सुवेदीलाई पितृ शोक परेको छ । उहाँका बुबा पुण्यप्रसाद सुवेदीको कात्तिक १ गते ९३ वर्षको उमेरमा काठमाडौँको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको हो ।  

विसं १९९० भदौ ३० गते भोजपुरमा जन्मनुभएका पुण्यप्रसाद झापाको कमल गाउँपालिका बसाइसराई गरेपछि हाल भक्तपुरको मध्यपुर थिमि, लोकन्थली बस्दै आउनुभएको थियो ।

उहाँले झापामा रहँदा शिक्षा क्षेत्रमा ठुलो योगदान गर्नुभयो । झापाको नवदुर्गे विद्यालयका संस्थापकमध्येका एक हुनुहुन्छ । सो विद्यालयमा उहाँ सञ्चालक समितिका अध्यक्ष हुनुभयो ।

त्यस्तै, नरेन्द्र जनता माविका सञ्चालकसहित अन्य विद्यालयको समेत सञ्चालक रहेर उहाँले काम गर्नुभएको थियो । झापामा एक समाजसेवीको पनि पहिचान बनाउनु भएका उहाँको दुई छोरा र तीन छोरी हुनुहुन्छ ।