जिल्लाको मायादेवी गाउँपालिका–१, बर्रोहिया स्थित ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् ।
तनहुँको व्यास नगरपालिका–३, देउरालीनगरकी महिलाहरूले झिलिङ्गा बिक्री गरेर चाड पर्वको खर्च जुटाएका छन् । आय–आर्जन आमा समूहमा आवद्ध महिलाले यस वर्ष मात्र करिब तीन लाख रुपियाँ बराबरको झिलिङ्गा बिक्री गर्न सफल भएका छन् ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताउनुभएकाे छ ।
गुल्मीमा विपन्न एक दलित परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ। सामाजिक अभियन्ताहरूको सहयोगमा निर्माण गरिएको उक्त घर मुसिकोट नगरपालिकाको – ५, आँपचौर हात्तिगौँडाका झिल्के दाइको नामबाट परिचित शिवलाल विकको परिवारलाई घर हस्तान्तरण गरिएको हो।
जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत सरकारले ४८ लाख ५८ हजार रुपियाँ निकासा दिएको छ।
म्याग्दीको बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षीया स्यानीमाया खत्री सात दिनदेखि बेपत्ता हुनुभएको छ । आफन्त, स्थानीयवासी र प्रहरीले खोजी गर्दा पनि खत्रीको अवस्था पत्ता लाग्न सकेको छैन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको उज्यालोले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
पाँच दशकअघि निर्माण भएको पृथ्वी राजमार्ग अहिले स्तरोन्नति गरिँदै छ । पर्यटन राजधानी पोखरालाई राजधानी काठमाडौं र पूर्वी नेपालसँग जोड्ने यो राजमार्गको काममा भएको ढिलाइले सर्वसाधारणसहित पर्यटक र यो क्षेत्रको अर्थतन्त्रमै असर पुर्याएकाे छ ।
फलेवास नगरपालिका-४, मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा लगाउनुभएको छ ।
उपसभामुख इन्दिरा रानाले दीपावली र नेपाल सम्वत् जस्ता पर्वले नेपाली समाजमा आपसी मेलमिलाप, भातृत्व, सहिष्णुता र एकताको भावना सुदृढ पारिरहेको बताउनुभएको छ ।
दक्षिण बागलुङमा पर्ने प्रसिद्व धार्मिक शक्तिपीठ कालभैरव मन्दिर परिसरमा सिद्धीविनायक गणेश भगवानको मन्दिर निर्माण गटरिएको छ ।
कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।
सप्तरीको राजविराज नगरपालिकामा एक नाबालिकामाथि जबरजस्ती करणीको प्रयास भएको छ ।
रौतहटमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा म्याग्दी बेनी फुलचौर नगरपालिका–९ का ६० वर्षीया दिलमाया विक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।