दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङ्गौराका लोकेन्द्र रोका मगरको परिवार जलजला पुष्प फार्ममा बिक्रीका लागि सयपत्री फूलको माला उन्दै स्थानीय ।
ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ।
मनाङ ङिस्याङ गाउँपालिका-८ याकखर्कअन्तर्गत अन्नपूर्ण पदमार्गमा अवस्थित समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइँमा याकखर्कबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला ।
यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ ।
सप्तरीमा बोतलमा भरेर पेट्रोल बेचेको जताततै देखिन्छ । सहरदेखि गाउँसम्मको पसल र सडक किनारमा बोतलमा पेट्रोल भरेर बेच्ने काम भइरहेको हुन्छ।
इलामको माङसेबुङ गाउँपालिका–२ इभाङमा नव चुक्चीनाम्बा युवाक्लबको आयोजनामा भएको फुटबल प्रतियोगिताको फाइनलको अवसरमा के लाङ (च्याब्रुङ नाच) प्रदर्शन गर्दै लिम्बू अगुवा ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ।
चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा २५ वर्षको भाले गैँडा मृत फेला परेको हो। निकुञ्जको अमलटारी सेक्टरको कोर एरियाको बाँदरझुला क्षेत्रमा २५ वर्षको गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुुभयो।
गुल्मीको तम्घासमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा समूह ‘ए’ मा सन्दीप पुलामी र इश्वर विक, समूह ‘बी’ मा बालसिंह काउछा र कुमार थापा प्रथम हुनुभएको छ।
पाँचथरमा सेना, प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् ।
जनताको आवश्यकता र सार्थक सहभागिता बिना निर्माण भएका नीति र ऐन कानून कार्यान्वयनमा समस्या आउने गरेको सरोकारवालाहरूले टिप्पणी गरेका छन्। बनेका सारभूत कानुन र नीति पनि आवश्यक बजेट, कार्यक्रम र संरचनाको अभावमा अलपत्रको अवस्थामा रहेको उनीहरूको टिप्पणी छ।
अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्वपूर्ण खनिजको आपूर्ति बढाउन एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यो कदम यस क्षेत्रमा चीनको प्रभुत्वलाई चुनौती दिने ट्रम्प प्रशासनको रणनीतिको हिस्सा हो ।
म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रसिद्ध धाइरिङ भुमेठाकुर मन्दिर धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको छ ।
तिहारलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ ।
एशियाका प्रमुख सेयर बजारमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ । जापानको मुख्य सेयर सूचकाङ्क निक्केई दुई सय पच्चीस शतप्रतिशत ०.८ ले बढ्दै ४९ हजार पाँच सय पञ्चानब्बे दशमलव बहत्तर अंकमा पुगेको छ ।